२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

२०७९, ५ पुष मंगलवार ०२:५९

पुस ५, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ। इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो। सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनले पद बाँडफाँट शक्ति सन्तुलनका आधारमा हुने भएकाले राष्ट्रपतिमा आफ्नो पार्टीले दाबी गर्ने बताएका हुन्।

शक्ति सन्तुलन र पद बाँडफाँटबारे सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच सघन रूपमा छलफलसमेत भएको थियो। आफ्नो निवास कोटेश्वरमा भएको छलफलका क्रममा अध्यक्ष नेपालले नेकपा एसले तत्कालै प्रधानमन्त्री दाबी नगर्ने तर राष्ट्रपतिको ‘बटमलाइन’ नछाड्ने बताएका थिए। अध्यक्ष नेपालले आलोपालो प्रधानमन्त्री हुनुपर्ने तर कसले पहिला नेतृत्व गर्ने भन्ने विषयमा कांग्रेस र माओवादी केन्द्रले आपसी समझदारीमै तय गर्नुपर्नेमा जोड दिएका थिए। ‘सरकार गठन अहिलेकै गठबन्धनबाट हुनुपर्छ भन्ने कुरामा नेकपा एस दृढ छ। आलोपालो सरकार सञ्चालन गर्ने विषयमा पनि पार्टी प्रस्ट छ। तर कसले पहिला नेतृत्व गर्ने भन्नेबारे दुई पार्टीले आपसी समझदारीमा तय गर्नुपर्छ,’ नेपालको भनाइ उद्धृत उर्दै उनीनिकट एक नेताले भने।

सोमबार दिउँसो मात्रै अध्यक्ष नेपालले वामपन्थी सरकार बनाउने विषय अल्मल्याउन गरिएको ‘फन्डा’ मात्रै भएको बताए। पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा वाम गठबन्धन भनेर अल्मल्याउन खोजिएको तर सरकार भने गठबन्धनकै बन्ने बताए। उनले गठबन्धनमा रहेका दलहरूले अहं प्रस्तुत गरे नेकपा एसले जस्तोसुकै निर्णय लिन सक्ने पनि बताए। उनले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भनेर आम चासोको विषय बनेको पनि बताए। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा