१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक तीन वर्षमा फिफा विश्वकप!

५ पुष २०७९, मंगलवार ०६:१८

पुस ५, काठमाडौँ | कतार विश्वकपको ‘व्यावसायिक सफलता’ पछि फिफाले हरेक तीन वर्षमा विश्वकप गर्नुपर्ने विषयमा छलफल अगाडि बढाएको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप फिफाका लागि ‘व्यावसायिक’ रूपमा सर्वाधिक सफल विश्वकप भएको भन्दै फुटबलको विश्वव्यापी प्रभावलाई मध्यनजर गर्दे हरेक तीन वर्षमा विश्वकप आयोजना गर्ने बारेमा लङ टम योजना बनाएर कार्यन्वयन गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका हुन्। २०२५ को क्लब विश्वकपका विषयमा छलफल गर्नका लागि भएको बैठकमा अध्यक्ष इन्फान्टिनोले उक्त धारणा सार्वजानिक गरेका थिए।


उनले क्लब, खेलाडी र अन्तर्राष्ट्रिय फुटबल संघहरू समक्ष हरेक ४ वर्षमा हुने विश्वकपका बारेमा पुनर्विचार गर्दै फुटबलको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउन हरेक ३ वर्षमा विश्वकप आयोजना गर्नुपर्ने धारणा राखेका हुन्। अध्यक्ष इन्फान्टिनाेले जाडो महिनामा आयोजना भएको यो विश्वकप गेम चेन्जर सावित भएको बताए। उनले युरोपमासमेत यसकाे लोकप्रियता उत्कर्षमा पुगेको भन्दै पछिल्लो एक महिनामा विश्वमा फुटबलको नयाँ आयामहरू देखिएको बताए। कतार विश्वकपमा खेलाडी बढी चोटिल भएको तथा थाकेका रिपोर्टहरू सार्वजनिक भइरहँदा फिफाले ऐतिहासिक रकम कलेक्सन गरेको थियो।

प्रतियोगिताबाट ६.२ बिलियन पाउन्ड बराबरको राजस्व संकलन भएको थियो। रुसमा २०१८ मा ८४० मिलियन पाउन्ड संकलन भएको थियो। यद्यपि २०३० को विश्वकपसम्म यो परिवर्तन सम्भव हुने सम्भावना कमजोर रहेको छ। किनकि फुटबका २०२४ देखि २०३० सम्मको क्यालेन्डर लगभग तयार भइसकेको छ। तर यो विषय चर्चा सुरु भएसँगै फिफाले चाहेमा भने परिवर्तन सक्ने सम्भावना बलियो बनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह