२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनयबाट ब्रेक लिँदै सामन्था

६ पुष २०७९, बुधबार ०८:२०

पुस ६, काठमाडौँ | अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय चर्चा भन्दा बाहिर छिन् । अहिले धेरै प्रोजेटबाट उनले हात झिकेको खबर समेत बाहिर आइरहेको छ । उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन प्रोजेक्टबाट हात झिकेको बताइन्छ । हिन्दी वेब ‘द फैमिली सिजन २’ को ठूलो सफलतापछि सामन्थाले धेरै बलिउड फिल्म साइन गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार उनले अहिले धेरै निर्मातालाई लामो ब्रेक चाहिएको बताएकी छन् ।


केही समयअघि सामन्थाले आफू मायोसाइटिस नामक रोगबाट पीडित भएको खुलासा गरेकी थिइन् । त्यसयता उनी सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । मिडिया रिपोर्टका अनुसार सामन्थाले विजय देवरकोंडासँग फिल्म ‘कुशी’ को छायांकन छिट्टै सक्नेछिन् । त्यसपछि उनी फिल्मबाट टाढा रहनेछिन् । उनका सहयोगीले उनले अब कुनै पनि नयाँ प्रोजेक्ट साइन नगर्ने निर्मातालाई जानकारी दिएका छन् ।

‘कुशी’ शिव निर्वाणले निर्देशन गरेको रोमान्टिक फिल्म हो । फिल्म २०२३ को फेब्रुअरीमा रिलिज हुनेछ ।  सामन्थाको गतवर्ष नागा चैतन्यसँग सम्बन्धविच्छेद भएको थियो । सामन्थाले अक्टोबर २ मा सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध विच्छेद भएको जानकारी दिएकी थिइन् । विवाहअघि सामन्था र नागा चैतन्यले करिब तीन वर्ष एक अर्कालाई डेट गरेका थिए । त्यसपछि दुबैले हिन्दू र क्रिस्चियन रिवाजअनुसार विवाह गरेका थिए । –दैनिक भास्कर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने