२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनार्दनको दाबी : पहिलो प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति माधव र रामचन्द्रमध्ये एक

२०७९, ७ पुष बिहीबार ०९:१२

पुस ७, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले सत्ता गठबन्धनबाट सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन्। 

नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका उनले सांसद पदको शपथ लिने क्रममा पत्रकाहरुसँग कुराकानी गर्दै प्रचण्डको नेतृत्वमा आगामी १० गतेभित्र सरकार बन्ने दाबी गरेका हुन्। 

सरकार गठनका लागि दलहरुबीच कुराकानी भइरहे पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी भएकाले केही समस्या भएको बताए। 

'सरकार गठबनका लागि हामी छलफलमै छौँ। माधवजी बिरामी भएर अस्पतालमा भएकाले छलफल हुन सकेको छैन', उनले भने, 'उहाँ फर्किनेबित्तिकै गठबन्धनको बैठकले नयाँ प्रधानमन्त्री तय गर्छ। पहिलो प्रधानमन्त्री प्रचण्ड नै हो तर यसबारे गठबन्धनले ठोस निर्णय गर्नेछ।'

गठबन्धन बन्दा शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेकाले अब पालो प्रचण्डकै भएको उनले बताए। यसबारेमा सत्तारुढ दलहरुबीच छलफल जारी रहेको उनले बताए। 

शर्माले राष्ट्रपति पनि सत्ता गठबन्धनबाटै निर्वाचित हुने बताएका छन्। त्यसका लागि सम्भावित अनुहारबारे छलफल भइरहेको उनको भनाइ थियो।

सत्ता गठबन्धनबाट नयाँ राष्ट्रपति कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमध्ये एकलाई बनाएर लैजाने पनि दाबी गरे। 

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफैं सरकार बनाउने निर्णय गरिसकेको छ। उसको दलको नेतामा शेरबहादुर देउवा दलको नेतामा निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल