२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्को पहिलो लहरमा बसे शीर्ष नेतासँगै रवि, राजेन्द्र, सीके र रञ्जिता

२०७९, ७ पुष बिहीबार ०९:२२

पुस ७, काठमाडौँ | प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेका छन् । सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जबराले सपथ गराएका हुन् । 

सपथ ग्रहणका लागि संसद बैठक कक्षको पहिलो लहरमा सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई राखिएको थियो । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी राष्ट्रिय दलको हैसियतमा छन् । 


ती दलका शीर्ष नेतालाई भने संसदको पहिलो लहरमा राखिएको छ ।

कांग्रेस, एमाले र माओवादी सरह रास्वपाले पनि संसदमा अग्रपंक्तिको लहरमा सीट पाएको छ । रास्वपा र राप्रपाले संयुक्तरूपमा एउटै लहरमा सिट पाएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सभामुख आशनको बायाँतर्फ सँगै राखिएको थियो । 

त्यसैगरी, बायाँतर्फको सबैभन्दा छेउको सीटमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई राखिएको थियो । 

संसद् भवनमा प्रतिनिधिसभाको बैठक कक्षमा ६ वटा लहरमा सीट व्यवस्थापन गरिएको छ । 

त्यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लागि सिंगो लहर छुट्याइएको छ । 

अहिलेसम्म सत्तापक्ष र प्रतिपक्ष भनेर कुनै दलको कित्ता छुट्याइएको छैन । अहिले सरकारमा सहभागीलाई सत्तापक्ष मानेर सीट व्यबस्थापन गरिएको संसद सचिवालयका एक कर्मचारीले बताए । 

एमालेले पाएको लहरमा पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल बसेका छन् । 

सरकारका लागि छुट्याइएको लहरको दायाँतर्फ क्रमशः नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरू बसेका छन् । 

कांग्रेसका लागि २ वटा ब्लक दिइएको छ । एउटामा ब्लकको  पहिलो लहरमा पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्कालगायतका सांसद बसेका छन् भने अर्को ब्लकको पहिलो लहरमा प्रकाशमान सिंह, प्रकाशशरण महत, विश्व प्रकाश शर्मा र त्यही लहरको एउटा कुर्सीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि राखिएको छ । 

सभामुख आशनको दायाँतर्फको सबैभन्दा छेउको ब्लकको पहिलो लरहमा माओवादी केन्द्रका नेता वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बसेका छन् । 

प्रतिनिधिसभाको शीर्ष पंक्तिमा दलका शीर्ष नेताका अतिरिक्त यसपटक केही नयाँ अनुहार देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा