पुस ८, काठमाडौँ | ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराज थुनामुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराबाट उनलाई रिहा गरेर अध्यागमनमा लगिएको छ ।
फ्रान्सेली नागरिक शोभराजलाई रिहा गरिएको केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेले बताए । सर्वोच्च अदालतको आदेश अनुसार उनलाई डिपोर्ट गरिने सरकारको तयारी छ ।