२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमरान खानकी पूर्वपत्नी रेहम खानले गरिन् तेस्रो विवाह, को हुन् नयाँ श्रीमान् ?

२०७९, ८ पुष शुक्रबार ०८:३१

पुस ८, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले तेस्रो विवाह गरेकी छिन् । रेहम खानले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको घोषणा गरेकी हुन् । उनले ट्वीटरमा श्रीमानको हात समातेको तस्विर सेयर गरेकी छिन् । यो तस्बिरको क्याप्सनमा ‘जस्ट म्यारिड’ लेखिएको छ । विवाह शुक्रबार भएको बताइएको छ । रेहम खान पाकिस्तानी बेलायती पत्रकार हुन् र यसअघि उनको विवाह इमरान खानसँग भएको थियो जुन लामो समय टिक्न सकेन । रेहम खानका नयाँ पतिको नाम मिर्जा बिलाल बेग हो ।

रेहम खानको पहिलो विवाह पाकिस्तानी मनोवैज्ञानिक एजाज रहमानसँग भएको थियो । सन् २००५ मा पहिलो पटक सम्बन्धविच्छेद गरेपछि रेहम खानले सन् २०१४ मा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानसँग विवाह गरिन् । यो विवाह पनि लामो समय टिक्न सकेन र सन् २०१५ मा दुवैको सम्बन्धविच्छेद भयो । यो असफल विवाहपछि पनि रेहम खानले पाकिस्तानी युट्युब कार्यक्रममा आफू तेस्रो विवाह गर्न तयार रहेको बताएकी थिइन् ।

रेहम खानका पति मिर्जा बिलाल बेग पनि पत्रकार हुन्


शोमा जब रेहम खानलाई उनको विवाहको योजनाको बारेमा सोध्दा उनी आफ्नो प्रेमको खोजी गर्न र एकपटक पुनः विवाह गर्न तयार भएको बताएकी थिइन् । रेहम खान धेरैजसो इमरान खानलाई हमला गर्ने गर्छिन् । रेहम खानले अमेरिकामा आमा–बुवाको उपस्थितीमा विवाह गरेको बताइन्छ । रेहम खानका पिता बिलाल बेग पनि एक पत्रकार हुन् र एक च्यानलमा काम गर्छन् ।

विवाहको पहिरनमा रेहम असाध्यै सुन्दर देखिएकी थिइन् । उनले इन्स्टाग्राममा आफ्नो विवाहको घोषणा गरिन् र आफ्ना नयाँ श्रीमानलाई चिनाइन् । रेहम खानले यो विवाह यस्तो समयमा गरेका हुन् जब उनका पूर्व श्रीमान् इमरान खान सेक्स अडियो लिक भएका कारण विवादमा छन् । इमरान खानका तीन अडियो लिक भएका छन् । यसमा उनी अश्लील कुरा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी