१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमरान खानकी पूर्वपत्नी रेहम खानले गरिन् तेस्रो विवाह, को हुन् नयाँ श्रीमान् ?

८ पुष २०७९, शुक्रबार ०८:३१

पुस ८, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले तेस्रो विवाह गरेकी छिन् । रेहम खानले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको घोषणा गरेकी हुन् । उनले ट्वीटरमा श्रीमानको हात समातेको तस्विर सेयर गरेकी छिन् । यो तस्बिरको क्याप्सनमा ‘जस्ट म्यारिड’ लेखिएको छ । विवाह शुक्रबार भएको बताइएको छ । रेहम खान पाकिस्तानी बेलायती पत्रकार हुन् र यसअघि उनको विवाह इमरान खानसँग भएको थियो जुन लामो समय टिक्न सकेन । रेहम खानका नयाँ पतिको नाम मिर्जा बिलाल बेग हो ।

रेहम खानको पहिलो विवाह पाकिस्तानी मनोवैज्ञानिक एजाज रहमानसँग भएको थियो । सन् २००५ मा पहिलो पटक सम्बन्धविच्छेद गरेपछि रेहम खानले सन् २०१४ मा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानसँग विवाह गरिन् । यो विवाह पनि लामो समय टिक्न सकेन र सन् २०१५ मा दुवैको सम्बन्धविच्छेद भयो । यो असफल विवाहपछि पनि रेहम खानले पाकिस्तानी युट्युब कार्यक्रममा आफू तेस्रो विवाह गर्न तयार रहेको बताएकी थिइन् ।

रेहम खानका पति मिर्जा बिलाल बेग पनि पत्रकार हुन्


शोमा जब रेहम खानलाई उनको विवाहको योजनाको बारेमा सोध्दा उनी आफ्नो प्रेमको खोजी गर्न र एकपटक पुनः विवाह गर्न तयार भएको बताएकी थिइन् । रेहम खान धेरैजसो इमरान खानलाई हमला गर्ने गर्छिन् । रेहम खानले अमेरिकामा आमा–बुवाको उपस्थितीमा विवाह गरेको बताइन्छ । रेहम खानका पिता बिलाल बेग पनि एक पत्रकार हुन् र एक च्यानलमा काम गर्छन् ।

विवाहको पहिरनमा रेहम असाध्यै सुन्दर देखिएकी थिइन् । उनले इन्स्टाग्राममा आफ्नो विवाहको घोषणा गरिन् र आफ्ना नयाँ श्रीमानलाई चिनाइन् । रेहम खानले यो विवाह यस्तो समयमा गरेका हुन् जब उनका पूर्व श्रीमान् इमरान खान सेक्स अडियो लिक भएका कारण विवादमा छन् । इमरान खानका तीन अडियो लिक भएका छन् । यसमा उनी अश्लील कुरा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह