१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले बोलाएपछि नारायणकाजीलाई लिएर प्रचण्ड फेरि बालुवाटार

१० पुष २०७९, आईतवार ०८:३६

पुस १०, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई छलफलका लागि फेरि बालुवाटार बोलाएका छन्। 

सत्तासमीकरणका लागि आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकबाट प्रधानमन्त्रीमा सहमति नजुटेपछि प्रचण्ड बाहिरिएका थिए।


खुमलटारमा छलफलपछि बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लिएर प्रचण्ड बालुवाटार मोडिएका हुन्। केहीबेर अघि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डका कारण गठबन्धन तोडिएको उद्घोष गरेका थिए।

प्रधानमन्त्रीमा देउवा र प्रचण्डले अडान राखेपछि गठबन्धन बैठक निष्कर्षबिहीन पुगेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। 

तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह