२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले बोलाएपछि नारायणकाजीलाई लिएर प्रचण्ड फेरि बालुवाटार

२०७९, १० पुष आईतवार ०८:३६

पुस १०, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई छलफलका लागि फेरि बालुवाटार बोलाएका छन्। 

सत्तासमीकरणका लागि आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकबाट प्रधानमन्त्रीमा सहमति नजुटेपछि प्रचण्ड बाहिरिएका थिए।


खुमलटारमा छलफलपछि बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लिएर प्रचण्ड बालुवाटार मोडिएका हुन्। केहीबेर अघि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डका कारण गठबन्धन तोडिएको उद्घोष गरेका थिए।

प्रधानमन्त्रीमा देउवा र प्रचण्डले अडान राखेपछि गठबन्धन बैठक निष्कर्षबिहीन पुगेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। 

तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट