पुस १०, काठमाडौँ । सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको ४ दलको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी छन् ।
अरु नेताभन्दा अलि पछि पुगेका पुनलाई स्वागत गर्दै ओलीले भने, ‘स्वास्थ्य लाभ गरी फर्कनु भयो । अब चीज अघि बढ्यो ।’
चुनावपछि स्वास्थ्य उपचारका लागि चीन गएका वर्षमान पुन केही दिनअघि मात्र स्वदेश फर्केका हुन् ।