१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार निर्माणमा अब दुई विकल्प : अशोक राई

१० पुष २०७९, आईतवार ०९:२३

पुस १०, काठमाडौँ । जनता समाजवादी पार्टीका नेता अशोक राईले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार निर्माणमा दुई विकल्प रहेको बताएका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचको छलफलपछि बालकोटबाट निस्कने क्रममा नेता राईले आफ्नो पार्टी सरकारमा जाने नजानेबारे संस्थागत निर्णय गर्न बाँकी रहेको भन्दै सरकार गठनमा दुई विकल्प रहेको बताए । 


‘सरकार निर्माणका सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ या सकिँदैन भन्ने कुराहरू भयो’, उनले भने, ‘सरकारमा जाने नजानेबारे हाम्रो संस्थागत निर्णय भएको छैन ।’ उनले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार गठनमा दुई विकल्प रहेको र सोही विकल्पमा बालकोटमा छलफल भएको समेत बताए ।

‘अव दुईवटा अप्सन देखिए । एमाले र कांग्रेस सहभागी भएर सरकार बनाउने वा एमाले र माओवादीसहितका दलहरू मिलेर सरकार बनाउने भन्नेमा कोर्ष अघि बढ्यो’, राईको भनाइ छ । दुवै विकल्पमा जाँदा एमाले, माओवादी र कांग्रेसमध्ये एकले प्रधानमन्त्री पाउने समेत राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह