2026-07-24 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार निर्माणमा अब दुई विकल्प : अशोक राई

पुस १०, काठमाडौँ । जनता समाजवादी पार्टीका नेता अशोक राईले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार निर्माणमा दुई विकल्प रहेको बताएका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचको छलफलपछि बालकोटबाट निस्कने क्रममा नेता राईले आफ्नो पार्टी सरकारमा जाने नजानेबारे संस्थागत निर्णय गर्न बाँकी रहेको भन्दै सरकार गठनमा दुई विकल्प रहेको बताए । 

‘सरकार निर्माणका सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ या सकिँदैन भन्ने कुराहरू भयो’, उनले भने, ‘सरकारमा जाने नजानेबारे हाम्रो संस्थागत निर्णय भएको छैन ।’ उनले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार गठनमा दुई विकल्प रहेको र सोही विकल्पमा बालकोटमा छलफल भएको समेत बताए ।

‘अव दुईवटा अप्सन देखिए । एमाले र कांग्रेस सहभागी भएर सरकार बनाउने वा एमाले र माओवादीसहितका दलहरू मिलेर सरकार बनाउने भन्नेमा कोर्ष अघि बढ्यो’, राईको भनाइ छ । दुवै विकल्पमा जाँदा एमाले, माओवादी र कांग्रेसमध्ये एकले प्रधानमन्त्री पाउने समेत राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक