असोज १, म्याग्दी । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार म्याग्दीमा आर्थिक बर्ष २०७२÷७३ सम्म दर्ता भएका ५१० वटा होटल तथा रेस्टुरेन्टमा उक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, म्याग्दी । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार म्याग्दीमा आर्थिक बर्ष २०७२÷७३ सम्म दर्ता भएका ५१० वटा होटल तथा रेस्टुरेन्टमा उक्"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा होटल व्यवसायमा ८७ करोड लगानी

१ आश्विन २०७३, शनिबार ११:०१

असोज १, म्याग्दी । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार म्याग्दीमा आर्थिक बर्ष २०७२÷७३ सम्म दर्ता भएका ५१० वटा होटल तथा रेस्टुरेन्टमा उक्त लगानी भएको हो । गत वर्ष २१ वटा नयाँ होटल तथा रेस्टुरेन्ट दर्ता भएका छन् । 

ती होटलमा एक हजार २७५ जनाले रोजगारी पाएको समितिका उद्योग दर्ता शाखाका खरिदार इन्द्र पौडेलले बताउनुभयो । बेनी, घोडेपानी, सिङ्गा तातोपानी, दरवाङ, भुरुङ तातोपानीलगायत पर्यटकीय स्थलमा केही वर्षयता होटल तथा रेस्टुरेन्ट स्थापना हुने क्रम बढेको छ । 

पर्यटकको आवागमन बढेको र पाहुनाको चाहनाअनुसारको सुविधा दिन होटलमा लगानी तथा क्षमता बढाएको होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो । 

नयाँ होटल खुल्ने र पुरानाले सेवा सुविधा तथा स्तरोन्नति गर्न थालेपछि यस क्षेत्रमा लगानी बढेको हो । होटलले क्षमत्ता बढाएपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात बिताउनुपर्ने समस्या समेत हटेको छ । जिल्लामा दृश्यावलोकन, पदयात्रा र हिमाल आरोहणको प्रशस्त सम्भावना रहेकाले व्यवसायीहरु होटल तथा रेस्टुरेन्ट व्यवसायतर्फ आकर्षित भएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ