२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पनि बढे कोरोना संक्रमित

२०७९, १२ पुष मंगलवार ११:२०

पुस १२, काठमाडौँ । नेपालमा पनि कोरोना संक्रमित बढेका छन् । पछिल्ला केही दिन एक दुई जनाको संख्यामा मात्र देखिँदै आएकामा आज एकैदिन ८ जनामा कोरोना संक्रमण देखिएको छ । सबै पीसीआर परीक्षणबाट संक्रमित पाइएका हुन् । 

योसँगै सक्रिय संक्रमित बढेर १६ पुगेका छन् । आज दुई जना संक्रमणमुक्त भएका छन् । विश्वभर नयाँ भेरियन्टको भाइरसले तीव्र गतिमा संक्रमण फैलिरहँदा नेपालमा पनि यो भेरियन्ट छिर्न सक्ने देखिएको छ । 

चीनमा एकैदिन दशलाख भन्दा बढी संक्रमित पाइएका छन् । भारतमा पनि संक्रमण दर बढ्दो छ । जसका कारण नेपालमा पनि यो भेरियन्ट फैलिएमा फेरि कोरोना नियन्त्रणभन्दा बाहिर जाने अनुमान गरिएको छ ।

यद्यपि सरकारले यसमा कुनै चासो देखाएको पाइएको छैन । पछिल्लो समय खोप लगाउनेको संख्यामा भने वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा थप १४ हजार ४०७ जनाले खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते