भेराइटी म्यागेजिनसँग जानकारी दिएका हुन्।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भेराइटी म्यागेजिनसँग जानकारी दिएका हुन्।<"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन १० मिनेट काटियो ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय?

१३ पुष २०७९, बुधबार ०७:३०

पुस १३, काठमाडौँ । हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय घटाइएको छ। निर्देशक जेम्स क्यामरुनले फिल्मको १० मिनेट लम्बाई काटेको भेराइटी म्यागेजिनसँग जानकारी दिएका हुन्।


निर्देशक जेम्सका अनुसार अमेरिकालगायतका विभिन्न देशमा हालै भएका गोलीबारीका घटनालाई ध्यानमा राखेर फिल्मको लम्बाइ छोटाइएको हो। बुधबारदेखि दर्शकले फिल्मभित्र बन्दुक र हिंसाका केही दृश्यहरु हेर्न पाउनेछैनन्। १० मिनेट काटिएसँगै अब फिल्म जम्मा ३ घण्टा भएको छ।

‘मैले बन्दुक चलाएका केही दृश्यलाई लक्षित गर्दै फिल्मको लगभग १० मिनेट काटेँ। म केही कुरूपताबाट छुटकारा पाउन, उज्यालो र अँध्यारोबिचको सन्तुलन खोज्न चाहन्छु,’उनी भन्छन्, ‘पक्कै पनि द्वन्द्व हुनुपर्छ। हिंसा र एक्सन एउटै कुरा हो, तपाईँ यसलाई कसरी हेर्नुहुन्छ त्यसमा निर्भर हुन्छ। हरेक एक्सन फिल्म निर्माताको दुविधा हो, र म एक एक्सन फिल्म निर्माताको रूपमा चिनिन्छु।’

यस फिल्मले सोमबारसम्म विश्वभरबाट बक्सअफिसमा ९५५.१ मिलियन डलर कलेक्सन गरिसकेको भेराइटीमा उल्लेख छ। प्रदर्शनको दुई सातामै यस फिल्मले ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ (८०० मिलियन), द ब्याटम्यान (७७० मिलियन), थोर : लभ एण्ड थण्डर (७६० मिलियन), मिनियन्स : द राइज अफ ग्रु (९३९ मिलियन)लाई पछाडि पारेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने