2026-09-19 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘द भ्वाइस किड्स नेपाल’मा अब एक साता डिजिटल अडिसन दिन सकिने

पुस १४, काठमाडौँ | लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन चलिरहेको छ । सहभागी हुन इच्छुकले अझै एक सातासम्म अडिसन दिन सक्नेछन् ।

अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा भिडियो पठाउन सक्नेछन् । उक्त भिडियोमा ब्याकग्राउण्ड म्युजिक नभएको हुनुपर्नेछ ।

साथै, व्यक्तिगत परिचय खुल्ने जानकारी पनि भिडियोसँगै पठाउनुपर्नेछ । ६ वर्षदेखि १४ वर्षसम्म उमेरका बालबालिकाले मात्र शोमा भाग लिन पाउने भएका छन् ।

डिजिटल अडिसनपछि भौतिक रुपमै उपस्थित भएर प्रतिस्पर्धीले फिजिकल अडिसन दिनुपर्नेछ । यसबाट छानिएका प्रतिस्पर्धीले ब्लाइण्ड अडिसनमा भाग लिने मौका पाउनेछन् । आगामी एक महिनासम्म ब्लाइण्ड अडिसन सुरु हुने भएको छ ।

रियालिटी शो निर्देशक लक्ष्मण पौडेलले द भ्वाइस किड्स संस्करणको दोस्रो सिजनमा पनि उत्साहजक सहभागिता भइरहेको बताए । अघिल्लो सिजनमा २२ हजार जनाले आवेदन दिएका थिए । द भ्वाइस किड्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ