2026-07-25 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गठबन्धनको बैठकमा किन गएनन् तीन दल?

पुस १४, काठमाडौँ | सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको बैठकले आगामी ५ दिनभित्र सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी थिए ।

गृहमन्त्री लामिछानेले ती दलका नेताहरु उपत्यकाबाहिर व्यस्त भएकाले बैठकमा सहभागी नभएको बताएका छन्। ‘अन्य दलका प्रतिनिधिहरु आजको बैठकमा आउनु भएन। उहाँहरु सरकारमा जाने तयारीमै हुनुहुन्छ’, लामिछानेले भने, ‘केही नेता उपत्यकाबाहिर भएकाले पनि आउनु भएन। अब सबै दलका नेताहरु जुटेर बैठक बस्छ, अनि साझा मस्यौदा बनाउँछ।’

बैठकपछि बोल्दै गृहमन्त्री रवि लामिछानेले सरकारका साझा कार्यक्रम निर्माणका लागि बैठकमा गम्भीर छलफल भएको बताएका छन्।

तर साझा कार्यक्रम निर्माणको निर्णयका लागि बसेको बैठकमा गठबन्धनका तीन दल भने सहभागी भएनन्। यसरी बालुवाटारमा बसेको गठबन्धनको पहिलो बैठकमा सहभागी नहुनेमा जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन्। 

गत आइतवार बालकोटमा बनेको सात दलीय गठबन्धनका यी तीनै सदस्य दलले सरकारलाई समर्थन गरिसकेका छन्। 

जनमतका सांसद अब्दुल खानले उद्योग मन्त्रीको जिम्मेवारी लिइसकेका छन्। जसपाले सरकारमा जानका लागि रामसहायप्रसाद यादवलाई दलको नेता चयन गरेको छ।

नागरिक उन्मुक्तिले पनि अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेता चयन गरिसकेको छ। तर अहिलेसम्म सरकारमा जानेबारे केही बोलेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक