2026-11-04 11:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिन सरकारले रुसी सैनिकलाई निःशुल्क शुक्रकीट फ्रिज गर्ने प्रस्ताव किन दिइरहेको छ ?

पुस १४, काठमाडौँ | युक्रेनमा यही फेब्रुअरी २४ मा सुरु भएको युद्ध अबको दुई महिनाभित्र एक वर्ष पूरा हुनेछ ।

अमेरिकी सेनाको अनुमान अनुसार युक्रेन युद्ध सुरु भएयता कम्तीमा १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका छन् ।

यससँगै यस युद्धमा करिब ४० हजार सर्वसाधारणको पनि ज्यान गएको छ । संयुक्त राष्ट्रसंघले यस युद्धका कारण घरबारविहीन हुनेको संख्या करिब ७८ लाख रहेको बताएको छ ।

यद्यपि, यो तथ्यांकले युक्रेनमा नै घरबारविहीन भएका व्यक्तिहरूको संख्या समावेश गर्दैन । तर अझै पनि यति लामो र भयंकर युद्धको अन्त्य देखिएको छैन ।

अमेरिकाले हालै युक्रेनमा आफ्नो अत्याधुनिक प्याट्रियट मिसाइल पठाएको छ । यससँगै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्धपछिको पहिलो अमेरिकी भ्रमणमा अमेरिकी संसदलाई सम्बोधन गरेका छन् ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग इस्ट विङमा भएको वार्ताका क्रममा थप हतियारको माग गरेका थिए जसमा बाइडेनले आफू यस दिशामा काम गरिरहेको बताए ।

युक्रेन र रुस युद्धमा अमेरिकाले अहिलेसम्म ६७ अर्ब डलरभन्दा बढी स्वीकृत गरिसकेको छ । अर्को वर्ष, यो सहायता रकम करिब ४५ अब डलर हुने अपेक्षा गरिएको छ ।

योसँगै रुस पनि यो युद्ध जित्ने दिशामा कुनै कसर बाँकी राख्न चाहँदैन । प्रारम्भिक झट्कापछि रुसले केही महिनाअघि मोर्चामा करिब तीन लाख रिजर्भ सैनिक तैनाथ गर्ने निर्णय गरेको थियो ।

पुटिन सरकारको यो निर्णयको कारण के हो ?

यो निर्णयपछि रुसबाट धेरै मानिस पलायन भएको खबर आएको थियो । यससँगै रुसी पुरुषले आफ्नो शुक्रकिट फ्रिज गर्न क्लिनिकमा गएको खबर पनि आएको थियो ।

बीबीसी संवाददाता पाउल किर्बीको पछिल्लो रिपोर्टका अनुसार पुटिन सरकारले यी खबर र एक वकिलको याचिकालाई स्वीकार गरेर मेडिकल इन्स्योरेन्समा परिवर्तन गरे शुक्रकिट फ्रि गराउने सुविधालाई निःशुल्क पारेको छ ।​​

रूसी वकील संघका प्रमुख इगोर ट्रुनोभले राज्य समाचार एजेन्सी टाससँगको कुराकानीमा स्वास्थ्य विभागले निःशुल्क क्रायोबैंक र अनिवार्य चिकित्सा बीमासँग परिवर्तनसँग सम्बन्धित अपिललाई स्वीकार गरेको छ । 

त्यसपछि युक्रेन युद्धमा सहभागी हुन जाने रुसी सैनिकले क्रायोबैंकमा आफ्नो शुक्रकिटलाई निःशुल्क फ्रीज गर्ने सुविधा पाउनेछन् ।

सैनिकहरु किन चिन्तित छन् ?

उनले टाससँगको कुराकानीम भने, ‘सन् २०२२–२४ मा विशेष सैन्य अपरेशनमा संलग्न नागरिकहरूको शुक्रकीट निःशुल्क फ्रिज गर्न संघीय बजेटबाट आर्थिक सहयोग उपलब्ध गराउने सम्भावनालाई विचार गरिएको छ ।’

फोंतंका वेबसाइटका अनुसार, रूसले सैन्य परिचालनको घोषणा गरेपछि दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गमा आइभीएफ क्लिनिकहरूमा आउने पुरुषहरूको संख्यामा वृद्धि भएको रिपोर्टहरू छन् ।

यी पुरुषहरूले आफ्नो शुक्रकीट फ्रिज गर्दै र तिनीहरूसँग सम्बन्धित कागजहरू बनाउँदै थिए ताकि तिनीहरूका पत्नीहरूले तिनीहरूलाई प्रयोग गर्न सकून् ।

सहरको मारिन्स्की अस्पतालसँग सम्बद्ध आन्द्रे इभानोभले सेनामा भर्ना हुन जाने पुरुषका साथै देश छोडेर गइरहेका पुरुषका लागि यसका लागि आइरहेको जानकारी दिए । 

फोन्टान्काका अनुसार रुसी पुरुष र महिलाहरूले यी क्लिनिकहरूको प्रयोग एकदमै दुर्लभ छन् र यसअघि उनीहरूले आफ्नो शुक्रकीट आदि फ्रिज गर्ने बारे सोचेका थिएनन् ।

यद्यपि, यसो गर्दा यी पुरुषहरूले सेनामा सेवा गर्दा मरिएको खण्डमा वा बाँझो भएको स्थितिमा पनि बच्चा जन्माउन सक्नेछन् । तर आइभीएफ क्लिनिक आउने पुरुषको संख्यामा जुन वृद्धि देखिएको थियो, हालैका हप्तामा त्यो कम भइरहेको देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट