असोज २, न्यूयोर्क | नेपाल प्रहरीमा आफ्नो बिषेश स्थान बनाउन सफल भएका एसएसपी सर्बेन्द्र खनाल अमेरिकन सरकारले दिने एक उच्च स्तरिय तालिमका लागि छनौट भएका छन् । आगामी मंगलबार अमेरिकामा आउन लागेका खनालले करिब ६ हप्तासम्म चल्ने अमेरिकन सरकारको उच्चस्तरिय एड्भान्स सेक्युरिटी कोअपे्रसन कोर्ष नामक तालिममा भाग लिने भएका हुन् ।
अमेरिकाको हवाई राज्यमा चल्ने उच्चस्तरिय तालिममा संसारका बिभिन्न देशका उच्च स्तरका सुरक्षाकर्मीहरुको सहभागिता रहने जनाइएको छ । हाल महानगरिय प्रहरी प्रमुख रहेका खनाल प्रहरी सेवामा प्रवेश गरेदेखिनै उच्च क्षमता प्रर्दशन गर्दै आएका प्रहरी अधिकारी हुन् ।
काठमाण्डौ, जनकपुर जस्ता संवेदनशील र महत्वपूर्ण स्थानहरुमा प्रहरी प्रमुखको कमाण्ड सम्हाल्दा संगठन र जनतामाझ अत्यन्तै लोकप्रिय भएका खनाल महानगरिय अपराध महाशाखाको प्रमुख भएपछि झनै लोकप्रिय बनेका छन् । खनाल अपाराध महाशाखा प्रमुख भएपछि फुटबलको म्याच फिक्सींग, गुण्डाहरुको बिषेश अप्र्रेशन जस्ता कार्यले जनता माझ उनको लोकप्रियता झनै चुलिएको छ ।