१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीसँग एकताबारे नेसपाको राजनीतिक समितिको बैठकमा छलफल हुने

१९ पुष २०७९, मंगलवार ०६:४९

पुस १९, काठमाडौँ । आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयबारे छलफल गर्न बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) ले पुस २४ गते राजनीतिक समितिको बैठक बोलाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।


बैठकमा नेकपा माओवादी केन्द्रसँगको एकताका बारेमा पनि छलफल हुने नेता पाण्डेले बताएका छन् । पार्टी एकताका विषयमा नेसपा र माओवादीबीच विभिन्न तहमा छलफल जारी रहेको छ ।

पाण्डे भन्छन्, 'अब समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने बेला आएको छ । समाजवादी पक्षधरहरु अलग अलग हुनुभन्दा एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको समयको माग हो । समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने कुरामा नेसपा र माओवादीबीच करिब-करिब सहमतिजस्तै छ ।'

नेसपा गत प्रदेश तथा प्रतिनिधिसभा चुनावमा माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । उक्त पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिन्द्र राय यादव, वाग्मती र गण्डकीमा क्रमश: गंगानारायण श्रेष्ठ, फणीन्द्र देवकोटा निर्वाचित भएका थिए । त्यस्तै नेसपालाई पनि समेट्ने गरी माओवादीले मधेसी महिलामा उमरावतीदेवी यादवलाई समानुपातिक सांसद बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह