१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति भएको खुलासा

१९ पुष २०७९, मंगलवार ०७:२१

पुस १९, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम्  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन बुँदे भद्र सहमति भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सहित सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि प्रचण्ड र ओलीबीच तीन बुँदे भद्र सहमति भएको एक मन्त्रीले जानकारी दिएका हुन् ।


सहमतिको पहिलो बुँदामा दुई नेताबीच आधा–आधा कार्यकाल आलोपालो प्रधानमन्त्री चलाउने रहेको ती मन्त्रीको भनाई छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा यो संसद्लाई पाँचै वर्ष चल्ने दिने र बीचमै संसद् विघटन नगर्ने रहेको छ । तेस्रो बुँदामा यो गठबन्धनलाई आगामी चुनावैसम्म कायम गरेर जाने दुई नेताबीच सहमति भएको ती मन्त्रीले खुलाए ।

अहिलेको संसद् पाँचै वर्ष चल्छ वा चल्दैन भन्ने संशयका बीच ओली–प्रचण्डले भद्र सहमति गरेकाले अब यो गठबन्धनमा समेत विश्वासको वातावरण बनाउने प्रयास हुने ती मन्त्रीको भनाई छ । ‘अब सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएर सबैको स्वामित्व लिने वातावरण बनाइनेछ,’ उनले भने, ‘आमजनतामा व्यापक निराशा भएकाले न्यूनतम साझा कार्यक्रम बनाएर अल्पकालीन र दीर्घकालीन काम गर्ने योजना पनि बनाइनेछ ।’

तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरेपछि तत्कालीन नेकपा विभाजन भएको थियो । नेकपा विभाजन भएपछि प्रचण्ड र माधव नेपाल पक्ष नेपाली कांग्रेससहितको नयाँ मोर्चा बनाएका थिए । पाँच दलीय मोर्चाबाटै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरू चुनावमा सहकार्य गरेर सहभागी भएका थिए । उता एमालेले पनि साना दलहरू गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रेको थियो ।

तर नेपाली कांग्रेसले पूर्वसहमति विपरीत प्रधानमन्त्री र राष्ट्रपति दुवै माओवादीलाई दिन अस्वीकार गरेपछि प्रचण्ड र ओली एक ठाउँमा आउने वातावरण बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह