१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गुमेपछि देउवाको प्रतिक्रिया- वी विल कम ब्याक!

२० पुष २०७९, बुधबार ११:१०

पुस २०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजोआज ध्रुम्बाराहीमा घर भाडामा लिएर बस्छन्। उनको बूढानिलकण्ठस्थित घर मर्मत हुँदैछ।

पहिलो कार्यकाल प्रधानमन्त्री को बन्ने भन्नेमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन छाडेका थिए।

छैटौंपटक प्रधानमन्त्री बन्न खोजेका देउवा प्रचण्डले गठबन्धन छाडेपछि सत्ताबाट बाहिर पुगेका छन्- प्रमुख प्रतिपक्षी दल नेताका रूपमा।


प्रतिनिधि सभामा ८९ सिट जितेको कांग्रेसले माओवादीसँग पहिलो कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो। प्रचण्डले पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री छाड्न मानेनन्, नेकपा एमालेसहित ७ दलको समर्थनमा गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको तीन दिनपछि देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर भाडामा लिएको घर ध्रुम्बाराही सरेका थिए। देउवा ध्रुम्बाराही सरेपछि त्यहाँ नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति हुँदै आएको छ।

अधिकांशले गठबन्धन टुट्नुको कारणबारे सोध्ने गर्छन्। देउवाले धेरै विश्वास गर्दा र पार्टी केन्द्रीय कार्यसम्पादनको निर्णयअनुसार कांग्रेसकै नेतृत्वमा सरकार बनाउन खोज्दा यो परिस्थिति आइपरेको जवाफ दिने गर्छन्।

पार्टी प्रवक्ता प्रकाशशरण महतले पनि आफूहरूले तत्कालीन गठबन्धनका नेताहरूलाई धेरै विश्वास गर्दा यस्तो परिस्थिति आइपरेको बताए।

आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको बताए। उनले गठबन्धन टुट्नुको कारण प्रचण्डको भूमिका भएको उल्लेख गरेका थिए।

गठबन्धन टुट्नु र प्रचण्ड प्रधानमन्त्री बनिसकेको अवस्थाबारे सभापति देउवाले सार्वजनिक रूपमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्। सानेपामा आज भएको पत्रकार सम्मेलनमा प्रवक्ता महतलाई पत्रकारहरूले गठबन्धन टुट्नुमा सभापति देउवाको भनाइ के छ भनेर सोधेका थिए।

त्यसमा जवाफ दिँदै प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्ने हो। तर कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। तर केही छैन, बिचलित हुनुपर्ने अवस्था छैन। वी विल कम ब्याक भनेर उहाँले भन्नुहुन्छ। हामी फेरि सशक्त रूपमा अघि बढ्छौं भनेरै उहाँको हौसलापूर्ण कुरा नै छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह