२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बबरमहलमा पठाओ मोटरसाइकल दुर्घटना हुँदा कलाकार सन्ध्या खड्का घाइते

२०७९, २१ पुष बिहीबार ०६:०८

पुस २१, काठमाडौँ | कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो । दुघर्टनाको कारण उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ । 


अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ । उनलाई भेटेर फर्किएका कलाकार उत्तम केसीले खड्काको टाउकोमा ३० वटा टाँका लगाइएको र अहिले बोल्न सक्ने स्थितिमा रहेको जानकारी दिए ।

‘अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । बोल्न सक्ने भएकी छन् । पठाओ चालकले पनि उपचारमा सहयोग गरिरहेका रहेछन्,’ केसीले अनलाइनखबरसँग भने, ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ ।’

उपचार गराइरहेकी कलाकार खड्काले पनि टेलिफोनमार्फत कुरा गर्दै स्वास्थ्यमा केही सुधार भएको बताइन् । खड्काले फिल्म सोच, रुमालै छ चिनो, नदेखिएको जातमा अभिनय गरेकी छन् । टेलिफिल्म उल्टो सुल्टो, नारी, सन्ध्या, ठिक्कै छ, परिवार, टुहुरी, बुहारीमा अभिनय गरेकी छन् । यसबाहेक म्युजिक भिडियोमा समेत उनले अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति