२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

२०७९, २३ पुष शनिबार ०३:४६

पुस २३, काठमाडौं | उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवापछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले ‘आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने’बताउँदै आफ्नो अगुवापछुवामा हुने सुरक्षा टोली हटाएका हुन् ।

गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरीक्षकको नेतृत्वको सुरक्षाकर्मी राख्दै आएका छन् ।

‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारी क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भैपरि आउदाको परिस्थितिलाई अपवाद मानिदिनुहोला,’सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्पष्ट पारेका छन् ।

उनले आफू सधैं ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने जनाएका छन् । ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउनेमा प्रतिबद्ध छु । कुनै अकाट्य परिस्थिति आइपर्दाबाहेक म आङ्खनो कार्यकालभर नै यी नियम पालना गर्छु,’ उनले भनेका छन् । साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आलोचक भएको बताउँदै उनले आकस्मिक अवस्थाबाहेक आफूबाट त्यस्तो गतिविधि नहुने जानकारी गराएका छन् । व्यक्तिगत कामका लागि कतै जानु परे वा बिदाका दिन हिँड्नुपरे निजी सवारीसाधन प्रयोग गर्ने उनले बताएका छन् । उनले भने ‘यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नुपरेमा त्यसको हिसाब राज्यलाई बुझाउने छु,’।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन