२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमानमाथि पूर्व प्रेमिका सोमी अलीले फेरि लगाइन् गम्भीर आरोप

२३ पुष २०७९, शनिबार ०७:२१

पुस २३, भारत | सोमी अलीले हालै आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छिन् जसमा उनले सलमान खानमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । उनका अनुसार जब उनी मुम्बईमा बस्थिन्, सलमानले उनलाई गाली र कुटपिट गर्थे ।

सोमीले धेरै पटक मेकअप गरेर आफ्नो चोट लुकाउनु परेको बताइन् । सलमानले आफूलाई जस्तै धेरै केटीहरूसँग यस्तै व्यवहार गरेको सोमीले आरोप लगाएकी छन् । सोमीले सलमानविरुद्ध बोलेको यो पहिलो पटक होइन, यसअघि पनि उनले धेरै पटक सलमानमाथि आरोप लगाइसकेकी छिन् ।

सोमीले आफ्नो सामाजिक सञ्जालमा लामो नोट शेयर गरेकी छिन् । जसमा सलमान खानले आफूले सञ्चालित एनजीओबाट प्रभावित डिस्कभरीमा रहेको डकुमेन्ट्री ‘फाइट एन्ड फ्लाइट’लाई प्रतिबन्ध लगाएको लेखेकी छन् । सोमीले भनिन्, ‘जब म न्यूयोर्कमा थिएँ, सलमानका वकिलले मलाई धम्की दिएर इमेल पठाए र भने कि यदि उनले सलमानविरुद्ध केही बोल्यो भने तिम्रो ज्यान जानेछ । यसबाहेक म मुम्बईमा हुँदा सलमान खानले मलाई गाली र कुटपिट गर्थे । स्टुडियोमा जाँदा सबै निर्माताले मेरो अवस्था देख्थे । म चाहन्छु उसले मसँग सार्वजनिक रूपमा माफी मागोस् तर उसले कहिल्यै त्यसो गर्ने छैन किनभने ऊ धेरै अहंकार भएको व्यक्ति हो।’

पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली अमेरिकामा बसेकी थिइन् । जब उनले सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरिन्, उनी सलमान खान प्रति मोहित भइन। उनी सलमानसँग यति मोहित भइन् कि उनले भारत आएर उनीसँग विवाह गर्ने निर्णय गरिन् । उनी भारत आएर केही समय सलमानसँग सम्बन्धमा पनि थिइन् ।

यस क्रममा उनले अन्त, माफिया र आन्दोलन जस्ता फिल्ममा काम गरे । केही समयपछि उनको र सलमानको सम्बन्ध टुट्यो र उनी फेरि अमेरिका फर्किइन् । अहिले उनी बारम्बार सलमान खानलाई आरोप लगाउने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने