११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पानी माग्दा शिक्षिकाले दिएको स्पिरिट खाएकी छात्राको मृत्यु, विद्यार्थीले गरे राजमार्ग अवरुद्ध

२४ पुष २०७९, आईतवार ०६:४४

पुस २४, सिराहा | सिराहामा पानी सोचेर स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ। 

मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो।

सिराहा नगरपालिका-११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए। 


सिर्जनाकुमारीको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो। 

घटना गत शुक्रबार भएको हो। विद्यालयमा गएकी सिर्जनाकुमारीको पेट दुखेपछि औषधि खान खोजेकी थिइन्। 

सिटामोल खानेक्रममा पानी सोचेर स्पिरिट खाँदा उनी बिरामी परेकी थिइन्। तत्कालै उनलाई फुलकुमारी अस्पतालमा पुर्‍याइएको थियो। 

‘सिसा सफा गर्ने खालको स्पिरिट रहेछ। पानी सोचेर त्यो खाएको देखिन्छ,’ डिएसपी बुढाथोकीले भने। 

विद्यार्थीलाई पानी सोचेर शिक्षिकाले नै स्पिरिट दिएको भन्दै मृतकका परिवार, विद्यार्थी र स्थानीय आन्दोलित छन्। प्रहरीले ती शिक्षिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। 

यता आन्दोलित आफन्त लगायतले उनलाई कारबाही गर्न माग गरेका छन्। आन्दोलनकै क्रममा विद्यार्थीहरूले सडकमा टायर बालेका छन्। यस्तै विद्यालयमा ढुंगामुढा समेत गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह