By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    7 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    10 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कांग्रेसले प्रचण्डलाई विश्वासको मत दियो भने के हुन्छ ? नजर राष्ट्रपतिमा !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कांग्रेसले प्रचण्डलाई विश्वासको मत दियो भने के हुन्छ ? नजर राष्ट्रपतिमा !
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दियो भने के हुन्छ ? नजर राष्ट्रपतिमा !

साझासवाल
Last updated: January 8, 2023 7:13 am
साझासवाल
8 Min Read
Share

पुस २४, काठमाडौँ | नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । ८९ सांसदसहित संसद्मा प्रतिनिधित्व गरेको दल अहिले प्रमुख प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको छ ।

तर कांग्रेस सभापति शेरबहादुर देउवासहितका केही नेताहरु भने नयाँ रणनीतिमा लागेका छन् त्यो हो वर्तमान सरकारलाई विश्वासको मत दिने, सके पुरानै गठबन्धन बनाउन प्रयास गर्ने नभए केही समय पर्खिएर नयाँ गठबन्धनको तयारी गर्ने । अर्थात् एमाले र माओवादीबीचको गठबन्धन लामो समय जान नदिने रणनीति ।यसमा माओवादी केन्द्रकै केही नेताहरु पनि सक्रिय रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिनै लाग्दासमेत देउवाले प्रधानमन्त्रीमा आफ्नो अडान नछाडेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर नयाँ गठबन्धन गरेका थिए । नेकपा एमालेसहित सात राजनीतिक दल र केही स्वतन्त्र सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिने तयारीमा छन् ।

प्रतिपक्षमा बस्ने तयारीमा रहेको कांग्रेसभित्र अहिले विश्वासको मत दिएर आगामी राष्ट्रपति निर्वाचनमा कांग्रेसले माओवादीको समर्थन लिनुपर्ने भन्दै केही नेताहरु सक्रिय भएका छन् । शुक्रबार सभापति देउवाले यस विषयमा पार्टीका केही नेताहरुसँग छलफल गरेका थिए । त्यसअघि पनि देउवाले नेता रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइरालालगायतका नेताहरुसँग छलफल गरेका थिए । एमाले र माओवादीबाहेकको समीकरणको तयारी सफल हुने नदेखेपछि देउवाले दोस्रो विकल्प रोजेको उनी निकट स्रोत बताउँछ ।

तर नेकपा एमालेले भने यसलाई ‘विदेशी चलखेल’ को रुपमा बुझेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले पनि सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय गरेन । मंगलबार बिहान ९ बजे बानेश्वरमा दलको बैठक बोलाइएको छ । सोही बैठकले निर्णय गर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । तर कांग्रेस दलको बैठकले गरेको निर्णयलाई हेर्दा विश्वासको मत दिने तयारीमा देखिन्छ । उसको निर्णयमा भनिएको छ, “प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनताको विश्वास र पार्टीका साथीहरुको अपेक्षाबमोजिम कार्य गर्न एकतावद्ध ढंगले अघि बढ्न यो बैठक प्रतिवद्धता व्यक्त गर्दछ ।”

तर सभापति देउवासहितका केही नेताको यो तयारीको विरोधमा रहेका छन् महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा । थापाले शनिबार संसदीय दलको बैठकपछि कांग्रेस अहिले स्पष्टरुपमा प्रतिपक्षमा बस्ने बताए ।

“२६ गते जुन दिन संसद्मा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौँ । त्यो बैठकमा निर्णय गर्नेछौँ । नेपाली कांग्रेसले यो बेलामा संसद्भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उमेदवार प्रस्तुत गरेपछि त्यहाँ विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन, हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ, प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ,” थापाको भनाई थियो ।

तर देउवासँग लगातार छलफलमा रहेका एक नेताले भने, “सभापतिमा अलमल देखिन्छ । उहाँ विश्वासको मत दिँदा राम्रो हो कि नराम्रो हो भन्ने निर्णय गर्न सक्नुभएको छैन । तर जो नजिक छन् उनीहरुले अहिले विश्वासको मत दिएर सकेसम्म पुरानै गठबन्धन जोगाउने नभए राष्ट्रपतिको निर्वाचनमा माओवादीको मत आफ्ना उमेदवारतर्फ तान्ने रणनीति बनाउनुपर्छ भन्नेमा देखिन्छन् ।”

माओवादीका नेता जनार्दन शर्मा सभापति देउवाको निवासमा पुगेरै प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘सहज वातावरण’ बनाउन अनुरोध गरेको स्रोत बताउँछ ।

शर्मा निकट एक नेताले दिएको जानकारीअनुसार देउवासँग उनको लगातार छलफल भइरहेको छ ।

“जनार्दन शर्मा लगातार देउवा निवास पुगिरहनुभएको छ,” ती नेताले भने, “अहिले विश्वासको मत दियो भने राजनीतिमा कैयौँ सम्भावनाहरु जिवितै रहन्छन् । राष्ट्रपतिको निर्वाचन बाँकी नै छ । अहिले विश्वासको मत नदिँदा एमाले र माओवादीबीचको सम्बन्ध अझ बलियो भएर जान्छ । त्यसको सीधा असर भनेको कांग्रेसलाई नै पर्ने हो ।”

उनका अनुसार एमाले र माओवादीबीच पार्टी एकतासम्म गरेर जाने वातावरण बन्न सक्नेछ ।

सभापति देउवाले अन्य दलका नेताहरुसँग पनि लगातार छलफल गरेर राष्ट्रपति र सभामुख आफ्नो पक्षमा पार्ने रणनीति बनाएको ती नेताको दाबी छ ।

देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुसँग छलफल गरेका थिए ।

शुक्रबारको बैठकमा कांग्रेसका एकजना पदाधिकारीले देउवालाई विश्वासको मतका विषयमा कांग्रेसको धारणा के हो त ? भनेर सोधेको जानकारी गराउँदै भने, “उहाँले अहिले यसबारेमा कुरा नगरौँ ! मत दिने बेलासम्म छलफल गरेर निर्णय गरौँला भन्नुभयो ।”

कांग्रेसका ती नेताका अनुसार देउवा सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेमा ‘अलमल’ देखिन्थे ।

विश्वासको मत दिए राष्ट्रपतिमा कांग्रेसलाई सहज हुन्छ ?

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी थालेको छ । संवैधानिक राष्ट्रपति भए पनि शक्ति सन्तुलनका हिसाबले दलहरुले यो निर्वाचनलाई प्राथमिकतामा राखेका छन् ।

राष्ट्रपति पदमा प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेशसभा सदस्यले मत दिने व्यवस्था छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को अनुसूची १ मा निर्वाचन मतभारसम्बन्धी व्यवस्था गरिएको छ ।संघीय सांसदको मतभार ७९ हुनेछ भने प्रदेश सभा सदस्यको ४८ हुनेछ । संघीय सांसद ३३४ जना रहेका छन् भने प्रदेशसभा सदस्य ५५० जना रहेका छन् ।

उनीहरुले राष्ट्रपति निर्वाचनका लागि मतदान गर्नेछन् ।

दलहरुको अहिलेको अवस्था हेर्दा सबैभन्दा बढी मतभार कांग्रेससँग देखिन्छ । कांग्रेससँग १६ हजार बढी मतभार रहेको छ ।

त्यसपछि एमालेसँग १५ हजार मतभार छ । माओवादी केन्द्रसँग सातहजार बढी मतभार रहेको हुँदा माओवादी नै निर्णायक हुन सक्ने भन्दै कांग्रेसले अहिले विश्वासको मत दिने तयारी गरेको स्रोतको दाबी छ ।

विदेशी चलखेल पनि हो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसलाई ‘विदेशी चलखेल’ भनेका छन् ।

कांग्रेसका एकजना प्रभावशाली नेताले भने, “जुन शक्ति पहिले एमाले र माओवादीलाई मिल्न दिन हुँदैन भन्नेमा थियो त्यही शक्तिले कांग्रेसलाई पनि विश्वासको मत दिन दबाब दिइरहेको छ ।”

तर उनले अहिलेको गठबन्धन चीनको चाहनामा बनेको भन्दै हरेक विषयमा विदेशीको भूमिका देख्न नहुने बताए ।

एमालेका अध्यक्ष ओलीले शनिबार संसदीय दलको बैठकमा लामो सम्बोधन गर्दै भारतले चलखेल गरेको भन्दै आक्रोश व्यक्त गरे ।

“पहिले पनि असाधारण ढंगले कोर्स परिवर्तन गरियो । नेपालीले नेपालमा सरकार बनाउन नपाउने ? सरकार चलाउन नपाउने ? यस्तो पनि कहीँ हुन्छ ? अहिले नेपालीले सरकार बनाएका छौँ अरुले होइन,” ओलीको भनाई थियो ।

ओलीले नेपालीले नेपालको सरकार बनाएर ज्यादै ठूलो उपलब्धि हासिल गरेको पनि बताए ।

“अहिले सरकार यसरी बनाउन कहाँ पाइन्छ फेरफार गर्नुपर्छ भनेर लागेका छन्,” उनले भने, “यस्तो खालको क्रियाकलापको अपेक्षा गर्दैनौँ । हामी आफ्नो राष्ट्र हामीले आफ्नो तरिकाले चलाउँछौँ । होँडल्ने काम नगर्नुस् । त्यस्ता कूटनीतिक गतिविधि बन्द गर्नुस् । मित्रको हिसाबले जाऔँ । हामी कसैमाथि अर्घेल्याइँ गर्दैनौँ हामीमाथि नहोस् । जो सरकार बन्छ त्योसँग मिलेर काम गर्न आग्रह गर्छौँ ।”

ओलीले कांग्रेसले आफूहरुलाई पनि ‘थाङ्नामा सुताउने’ प्रयास गरेको भन्दै अब अर्को गठबन्धनका विषयमा कसैले सोच्न पनि नहुने बताए ।

“प्रधानमन्त्री दिन्छु भनेर अहिले प्रलोभन दिइरहेका छन्,” ओलीको भनाई थियो, “विभिन्न दलका सभापतिलाई बोलाएर लोभ देखाइएको छ । कसैले संविधानको धारा नपढेका होलान् र ? हामीलाई त थाङ्नामा सुताउन खोज्छन् । यहाँ बसेर छलफल गरौँ पाँच बजाऔँ भन्छन् । हामी यस्ता कुरामा अल्झिदैनौँ । अहिले नेपालीले जुन सरकार बनाएका छौँ त्यो सफल र प्रभावकारी बनाउछौँ ।”

Share This Article
Facebook Email Copy Link Print
Previous Article विश्वासको मत दिन माधव र उपेन्द्रले राखे प्रचण्डसँग शर्त
Next Article सत्ता साझेदार दलको बैठक आज बस्दै, प्रदेशको भागबण्डा टुंग्याइने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसाहित्य

‘सत्ताको आलोचक नै प्रगतिशील साहित्यकार’

57 years ago
काठमाडौँ - KTMराजनीति

विश्वप्रकाश शर्मा भन्छन् : झापाबाटै उठ्छु, प्रेम उता घरजम यता हुने कुरै हुन्न

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

गुगल म्यापको नयाँ फीचर, अब थाहा पाउन सकिन्छ गाडीको स्पीड

57 years ago
काठमाडौँ - KTMराजनीति

सबैभन्दा बढी समावेशी सिद्धान्त कार्यान्वयन गरिएको छ: अध्यक्ष, मैनाली

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?