Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 8, 2023 स्वास्थ्य

हलिउड फिल्म निर्माताको घरमा भेटियो नेपालबाट चोरिएको बुद्धको प्रतिमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २४, काठमाडौँ | नेपालबाट आधा शताब्धीअघि चोरिएको पुरातात्विक बुद्ध प्रतिमा हलिउड फिल्म निर्माता माइक फिलिप्सको अमेरिकाको लस एन्जलसस्थित बेभर्ली हिल्सको घरमा भेटिएको छ ।

हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’ले छैटौं शताब्दीको सिर्जना मानिने उभिएको बुद्धको मूर्ति फिलिप्सको घरमा भेटिएको सार्वजनिक गरेको छ । उक्त मूर्ति २०२५ सालतिर ललितपुर मच्छिन्द्रबहालबाट चोरिएपछि स्थानीयवासीले प्रशासनमा जानकारी गराएको समेत जनाइएको छ ।

आर्ट्स अफ एसिया म्यागजिनले पनि हराएको भनिएको बुद्धको मूर्ति फिल्म निर्माता फिलिप्सको घरमा भेटिएको जनाएको छ । हराएको मूर्ति फिलिप्सको घरमा भेटिएको फोटो पहिलो पटक स्टीफन लिटिलद्वारा प्रकाशित ‘आर्ट अफ एसिया’ पत्रिकामा, ‘इमेजेज अफ बुद्ध फ्रम माइकल फिलिप्स संग्रह’ शीर्षकको लेखमा सन् २०१३ को जनवरी-फेब्रुअरी संस्करणमा छापिएको देखिन्छ । साथै उक्त तस्वीर अलरिच भोन स्क्रोडरद्वारा प्रकाशित तस्वीर संग्रह चोरिएका नेपाली मूर्तिमा पनि प्रकाशित छ ।

अहिले अमेरिकाको न्युयोर्कमा बस्ने ७९ वर्षीय फिलिप्स सन् १९७३ मा रिलिज भएको हलिउड फिल्म ‘द स्टिङ’का निर्माता समेत हुन् । ४६ औं ओस्कार अवार्डमा १० विधामा मनोनयन भएको यो फिल्मले उत्कृष्ट फिल्मसहित सात विधामा जित हासिल गरेको थियो ।