११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिले गर्दैछन् रोनाल्डोले अल नसरमा डेब्यू?

२४ पुष २०७९, आईतवार ०९:३१

पुस २४, काठमाडौँ | क्रिष्टियानो रोनाल्डोले युरोप छोडेसँगै मध्यपूर्वमा उनको चर्चा उत्कर्षमा छ। साउदी क्लब अल नसरमा कीर्तिमानी मूल्यमा अनुबन्धन भएका रोनाल्डोले कहिले डेब्यू गर्लान् भन्ने समर्थकको प्रतिक्षा भने तत्काल पूरा हुने सम्भावना देखिएको छैन।


पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोलाई अल नसरले हजारौँ दर्शकका माझ ३ जनवरीमा सार्वजनिक गरेको थियो। क्लबले उनलाई १ सय ७३ मिलियन पाउन्ड (कुल २०९ मिलियन पाउन्ड) प्रति वर्ष पाउने गरी सम्झौता गरेसँगै रोनाल्डोको मध्यपूर्वमा हुने प्रदर्शनको प्रतिक्षा बढेको छ।

रोनाल्डो म्यानचेस्टर युनाइटेडमा नै हुँदा दुई खेलको प्रतिबन्धमा परेका थिए। जुन प्रतिबन्ध उनले मध्यपूर्वमा आए पनि पूरा गर्नुपर्ने छ।

उनलाई नोभेम्बरमा एभर्टन समर्थकलाई मोबाइलले प्रहार गरेको घटनामा दोषी देखाइएको थियो। जसका कारण उनले दुई खेल प्रतिबन्धका कारण आगामी १४ जनवरीमा पनि अल सबाबविरुद्धको खेलमा पनि डेब्यू गर्न पाउने छैनन्। उनी सम्भवतः पहिलो पटक जनवरी २२ मा हुने साउदी प्रो लिगको खेलमा अल इतिफाकविरुद्ध ‘डेब्यु’ गर्न सक्ने छन्।

तर त्यसअघि साउदी अल स्टार्सले पेरिस सेन्ट जर्मेइन (पिएसजी)सँग मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ। जनवरी १९ मा हुने उक्त प्रतिस्पर्धाका लागि साउदी अल स्टार्सको टिममा रोनाल्डोलाई राख्ने विषयमा अल नसर सहमत भएको छैन।

मैत्रीपूर्ण खेलमा आफ्ना स्टार खेलाडीलाई मैदानमा उतार्ने सम्भावना कमजोर छ। तर असम्भव छैन। त्यसैले उक्त दिन पनि रोनाल्डोले क्लबका लागि भन्दा पनि साउदीको अल स्टार्स टिमको नेतृत्व गर्ने सम्भावना रहेको छ।

अल नसरको साउदी प्रो लिगमा आगामी पाँच खेलको खेल तालिकाः

१४ जनवरीः अल सबाबविरुद्ध

२२ जनवरीः अल इतिफाकविरुद्ध

२५ जनवरीः अल इतिहादविरुद्ध,

३ फेब्रुअरीः अल फतेहविरुद्ध

९ फेब्रुअरीः अल वेह्दाविरुद्ध

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह