२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिले गर्दैछन् रोनाल्डोले अल नसरमा डेब्यू?

२०७९, २४ पुष आईतवार ०९:३१

पुस २४, काठमाडौँ | क्रिष्टियानो रोनाल्डोले युरोप छोडेसँगै मध्यपूर्वमा उनको चर्चा उत्कर्षमा छ। साउदी क्लब अल नसरमा कीर्तिमानी मूल्यमा अनुबन्धन भएका रोनाल्डोले कहिले डेब्यू गर्लान् भन्ने समर्थकको प्रतिक्षा भने तत्काल पूरा हुने सम्भावना देखिएको छैन।


पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोलाई अल नसरले हजारौँ दर्शकका माझ ३ जनवरीमा सार्वजनिक गरेको थियो। क्लबले उनलाई १ सय ७३ मिलियन पाउन्ड (कुल २०९ मिलियन पाउन्ड) प्रति वर्ष पाउने गरी सम्झौता गरेसँगै रोनाल्डोको मध्यपूर्वमा हुने प्रदर्शनको प्रतिक्षा बढेको छ।

रोनाल्डो म्यानचेस्टर युनाइटेडमा नै हुँदा दुई खेलको प्रतिबन्धमा परेका थिए। जुन प्रतिबन्ध उनले मध्यपूर्वमा आए पनि पूरा गर्नुपर्ने छ।

उनलाई नोभेम्बरमा एभर्टन समर्थकलाई मोबाइलले प्रहार गरेको घटनामा दोषी देखाइएको थियो। जसका कारण उनले दुई खेल प्रतिबन्धका कारण आगामी १४ जनवरीमा पनि अल सबाबविरुद्धको खेलमा पनि डेब्यू गर्न पाउने छैनन्। उनी सम्भवतः पहिलो पटक जनवरी २२ मा हुने साउदी प्रो लिगको खेलमा अल इतिफाकविरुद्ध ‘डेब्यु’ गर्न सक्ने छन्।

तर त्यसअघि साउदी अल स्टार्सले पेरिस सेन्ट जर्मेइन (पिएसजी)सँग मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ। जनवरी १९ मा हुने उक्त प्रतिस्पर्धाका लागि साउदी अल स्टार्सको टिममा रोनाल्डोलाई राख्ने विषयमा अल नसर सहमत भएको छैन।

मैत्रीपूर्ण खेलमा आफ्ना स्टार खेलाडीलाई मैदानमा उतार्ने सम्भावना कमजोर छ। तर असम्भव छैन। त्यसैले उक्त दिन पनि रोनाल्डोले क्लबका लागि भन्दा पनि साउदीको अल स्टार्स टिमको नेतृत्व गर्ने सम्भावना रहेको छ।

अल नसरको साउदी प्रो लिगमा आगामी पाँच खेलको खेल तालिकाः

१४ जनवरीः अल सबाबविरुद्ध

२२ जनवरीः अल इतिफाकविरुद्ध

२५ जनवरीः अल इतिहादविरुद्ध,

३ फेब्रुअरीः अल फतेहविरुद्ध

९ फेब्रुअरीः अल वेह्दाविरुद्ध

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन