२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वासको मतबारे हामीलाई खबर आएको छैन: महन्थ ठाकुर

२०७९, २४ पुष आईतवार ११:०२

पुस २४, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन्। 

पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारे पार्टीमा कुनै जानकारी नआएकाले अहिले केही निर्णय नगरिएको बताए। 


सरकारले विश्वासको मतबारे पार्टीलाई औपचारिक जानकारी गराए छलफलबाट निर्णय लिने उनको भनाइ छ।

लोसपा सरकारमा जाने कि नजाने भन्ने प्रश्नमा ठाकुरले भने, 'विगतदेखि नै हामीसँग भएका सम्झौता कार्यान्वयनमा आएका छैनन्। अहिले पनि सरकारको न्यूनतम साझा कार्यक्रममा हाम्रो मागलाई समावेश गरिएको छैन। हाम्रो माग सरकारले पूरा गर्नुपर्छ। माग पूरा गर्ने ठोस प्रतिवद्धता आए हामी निर्णय गर्छौ।'

आफूहरू सत्तारुढ सात दलमा नरहेको भन्दै उनले सरकारलाई समर्थन वा प्रधानमन्त्रीलाई विश्वासको मतबारे पुस २६ गते नै थाहा हुने बताए। उनले भने, 'अहिलेसम्म हामीलाई सरकारको तर्फबाट कुनै औपचारिक प्रस्ताव आएको छैन। आएपछि पार्टीमा छलफल गरेर निर्णय लिन्छौँ। के हुन्छ भन्ने बारे चाहिँ पुस २६ गते नै थाहा होला।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन