२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकीको मुख्यमन्त्रीमा खगराज, दीपक मनाङेको पनि समर्थन

२०७९, २५ पुष सोमबार ११:०४

पुस २५, गण्डकी | मनाङको ‘ख’बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्विरोध सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) सहित ३३ सांसदको समर्थनमा एमाले नेता खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

दीपक मनाङे गएको मंसिर १९ गते माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए। एकीकृत समाजवादी संघीय संसदको पहिलो बैठकमा विपक्षी बेञ्चमा बस्दा यता मनाङले भने एमालेलाई साथ दिने निर्णय गरेका हुन्।


यो निर्णयसँगै बहालवाला युवा तथा खेलकुदमन्त्री रहेका मनाङेको पुनः मन्त्री बन्ने बाटो खुलेको छ। यद्यपि, मुख्यमन्त्रीमा दाबी गरेका खगराजले को–को मन्त्री हुँदैछन् भन्ने चाहिँ प्रष्ट बताएनन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङसामु दाबी पेश गरेपछि पत्रकारसँग बोल्दै उनले भने,‘ अहिले साढे ४ बजे सपथ हुँदैछ, तपाईंले को–को मन्त्री हुँदैछन्, थाहा भइहाल्छ।’ 

उनले सम्मुनत प्रदेश बनाउन र मन्त्रालयको संख्या घटाउने दिशामा काम गर्ने पनि बताए। 

एमाले संसदीय दलको नेता रहेका खगराजलाई एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थन छ। मनाङेले सत्तापक्ष रोजेपछि अब २७ सांसद रहेको नेपाली कांग्रेस गण्डकी सरकारको विपक्षमा बस्ने भएको छ।

यसअघि माओवादीले पनि यहाँ मुख्यमन्त्री दाबी गरेको थियो। माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पहिलो पालोमा आफैँ मुख्यमन्त्री हुनुपर्ने अडान राखेका थिए।

तर, केन्द्रीय निर्णय कार्यान्वयन गर्नू भन्ने निर्देशनपछि उनले दोस्रो बरियताको मन्त्रीमा चित्त बुझाउने देखिएको छ। उनले अर्थमन्त्रालय सम्हाल्ने स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन