२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब सांसदको जिब्रो चिप्लिएर ‘म भ्रष्टाचारसँग जोडिएको छु’ भने …

२०७९, २६ पुष मंगलवार १०:५८

पुस २६, काठमाडौँ | प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत बारेको छलफलमा एक सांसद आफ्नो जिब्रो चिप्लिँदा समस्यामा परेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत माग्दै राखेको प्रस्तावका सम्बन्धमा धारणा राख्ने क्रममा स्वतन्त्र सांसद योगेन्द्र मण्डलले चिप्लिएर आफू भ्रष्टाचारसँग जोडिएको बताएका हुन् ।​


'मन्त्रीज्यूहरूले चाहनुभयो भने मलाई भ्रष्टाचारबारे धेरै कुरा थाहा छ, किनकी म त्यो सँग जोडिएको छु,' मण्डलले भने ।

त्यसपछि आफूले गलत बोलें भन्ने महसूस गरेका उनले अक्मकाउँदै थपे, 'भ्रष्टाचारसँग जोडिएको भनेको …(हाँस्दै) म काम गर्दाखेरी त्यो भोगेको छु ।'

उनले यसो भनिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तथा मन्त्रीहरू पनि हाँसेका थिए ।

त्यसलाई प्रस्ट्याउन उदाहरण दिँदै उनले थपे, 'मैले एउटा ट्रेडिङ कम्पनी (सञ्चालन) गरेको थिएँ । बाहिरबाट सामान ल्याउँथें । अनि त्यो भन्सारबाट पास गराउने बेलामा … त्यो थाहा छ भन्या हो क्या ।'

एमाले पृष्ठभूमिका मण्डल मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र निर्वाचित सांसद हुन् । उक्त क्षेत्रमा एमालेले जसपालाई सघाएपछि मण्डल बागी उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन