११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केवल ३ किलोमिटरको दूरीमा छन् यी दुई सहर तर समय भने २३ घण्टा फरक !

२६ पुष २०७९, मंगलवार ११:०७

पुस २६, काठमाडौँ | दुई देशको सिमानामा रहेका सहरका बारेमा धेरै अनौठा कुराहरु बाहिर आएका छन् । रुसी टापु बिग डायोमेड अमेरिकी सहर लिटिल डायोमेडबाट करिब ३ किलोमिटर टाढा छ। तर दुई सहरबीचको समयमा २३ घण्टाको अन्तर छ । लिटिल डायोमेडको आकार मात्र ८ वर्ग किलोमिटर छ र त्यहाँ ७७ जना मात्र बस्छन्। एउटा नदीले दुई सहरलाई एकअर्काबाट अलग गर्छ।


जाडो मौसममा नदी जमेपछि दुवै देशका मानिसहरु एक अर्कालाई भेट्न त्यसमा हिँड्ने गर्दथे । दुवै सहरका मानिसहरु एक अर्काको घरमा बिहे गर्थे । दुवै सहरको परम्परा पनि लगभग उस्तै छ । तर शीतयुद्धले दुई सहरबीचको सम्बन्धलाई सधैंका लागि बदलिदियो। योसँगै रुस–युक्रेन युद्धका कारण अमेरिका र रुसबीच तनाव बढेको छ । तर, अमेरिकी सहर लिटिल डायोमेडका बासिन्दा एडवर्ड सुलुक भन्छन् कि युक्रेनमा रुसी हमलापछि परिस्थिति खासै बदलिएको छैन ।

इनसाइडरसँग कुरा गर्दै एडवर्डले भने-जबसम्म हामी राती शान्तिपूर्वक सुतिरहेका छौं तबसम्म हामी सुरक्षित छौं। हामी हाम्रो आँखा र कान खुला राख्छौं। हामी देशको पछाडिको ढोकाजस्तै हौं वा अर्को ढोका जस्तै छौं भन्ने सहि हो।

इनुपियाट समुदायका मानिसहरु यस क्षेत्रमा करिब ३ हजार वर्षदेखि बसोबास गर्दै आएका छन् । यहाँ उनीहरुले प्रतिघण्टा १४५ किलोमिटरको हावाको सामना गर्नुपर्ने हुन्छ । गर्मीमा पनि यहाँको उच्चतम तापक्रम १० डिग्रीसम्म पुग्छ। जाडोमा तापमान माइनस १४ डिग्री सम्म पुग्छ। डिसेम्बर र जुनको बीचमा, यो क्षेत्र पूर्ण रूपमा हिउँले ढाकिन्छ।

जाडो याममा यहाँका जनतालाई आफ्नो सुरक्षाका लागि रातभर जाग्राम बस्नु पर्ने हुन्छ । ताकि ध्रुवीय भालुले तिनीहरूलाई आक्रमण नगरून्। यो सहरमा ३० वटा मात्रै भवन छन्, जसमा एउटा विद्यालय, पुस्तकालय छ । यी अधिकांश निर्माणहरू १९७० र ८० को बीचमा भएका थिए।

यो चट्टानी ठाउँमा न त चिहान बन्न सक्छ न सडक नै । न त यहाँ थप भवन निर्माण गर्ने ठाउँ नै छ । सडक नहुँदा यहाँका मानिसहरु पैदलै एक ठाउँबाट अर्को ठाउँ जान बाध्य छन् । यस टापुमा न त बैंक, रेस्टुरेन्ट वा होटलहरू छन्। मुख्य पसलहरूमा पनि सीमित खाद्यवस्तु, कपडा र इन्धन छ।

यो सहरमा हप्तामा एक पटक सामान ढुवानी गर्न हेलिकप्टर आउँछ । धेरै जसो सामानहरू ठूलो डुङ्गा मार्फत पुग्छन् जुन वर्षमा एक पटक मात्र आउँछ। यो भण्डारण गरेर राखिएको छ। नेशनल जियोग्राफीको एक रिपोर्ट अनुसार यस सहरका मानिसहरुलाई हरेक चिज निकै महँगो पर्छ । एक बोतल डिटर्जेन्ट पनि करिब ४ हजार रुपैयाँमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह