११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सहयोग गर्दै नेपाल रेडक्रस

२७ पुष २०७९, बुधबार ०७:१२

पुस २७, काठमाडौँ | डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३  गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको  ६ दशमलव ६ म्याग्नेच्युडको  भूकम्पबाट सो गाउँका  ६ जनाको अकालमा मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए ।  


साथै डोटीसहित भूकम्पबाट अछाम र बझाङ पनि प्रभावित बनेको थियो । ती तीनै जिल्लाका भूकम्प प्रभावित गाउँपालिकामा  क्षतिको विस्तृत आङ्कलन जारी रहेको जनाइएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावितलाई ती तीन जिल्लामा अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालेको हो । सोसाइटीका अनुसार ती तीन जिल्लाका भूकम्प अतिप्रभावित  तीन सय लाभग्राहीलाई नगद सहयोग थालिएको हो । 

सोसाइटीले भूकम्प प्रभावित सङ्कटासन्न परिवारको  स्वास्थ्यलाई ख्याल गर्दै चार हजार चार सय त्रिपाल, दुई हजार दुई सय कम्मल, पाँच सय मर्यादा किट वितरणलाई तीव्रता दिएको छ । एक हप्ताभित्र ती सामग्री वितरण भइसक्ने संस्थाले जनाएको छ । स्थानीय पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा लाभग्राही छनोट भएका सोसाइटीले जनाएको छ ।  

भूकम्प अति प्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ७३ हजार ६ सय, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १० हजार गरी रु ९८ हजार ६ सय प्रदान गर्न थालिएको सोसाइटीले जनाएको छ । 

सोसाइटीका अनुसार भूकम्पबाट सबैभन्दा बढी डोटीका दुई सय, अछामका ५० र बझाङका ५० परिवारलाई उनीहरुकै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।  सोसाइटीले ती तीनसय अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यायो कपडासहित रु १५ हजार सहयोग गर्ने नीति लिएको छ । यसमा डोटीका दुई सय, अछामका एक सय  र बझाङका एक सय लाभग्राही पहिचान गरिएको छ । स्थानीय पालिकाको सिफारिस र समन्वयमा लाभग्राही पहिचान गरी उनीहरुकै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । 

सबैभन्दा बढी क्षति पूर्वीचौकीमा 

भूकम्पबाट सबैभन्दा धेरै क्षति  भएको डोटीको पूर्वीचौकी गाउँपालिकामा क्षतिको विस्तृत आङ्कलन  भइरहेको छ । त्यहाँ ९० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा आठ सय २४ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ  । 

क्रमशः जिल्लाका सबै पालिकामा सर्वेक्षण गरिनेछ । पूर्वीचौकी गाउँपालिकाका  उपाध्यक्ष पशुपतिदेवी खड्काले भूकम्पबाट  आवास गुमाएकाहरुलाई नेपाल रेडक्रसको सहयोगमा अस्थायी आवास निर्माण सुरु भएको जानकारी दिनुभयो । सर्वेक्षणमा स्थानीय तहमा कार्यरत प्राविधिक र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका विज्ञ इञ्जिनियर संलग्न छन् ।

भूकम्पबाट डोटीका नौ स्थानीय तहका  पाँच सय ४१  निजी आवास पूर्ण रुपमा क्षति भएका, चार हजार एक सय ४६ घरहरुमा आंशिक क्षति पुगेको, ४७ विद्यालय, नौ स्वास्थ्य चौकी, नौ सरकारी भवन र चार सांस्कृतिक सम्पदामा   क्षति पुगेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । आइएफआरसीले संकटासन्न समुदायको उत्थानशीलताका लागि निरन्तर मानवीय सहयोग जारी रहने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह