११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशको लागि कुनै योगदान नदिएकाले घण्टी बजाएको भरमा २० सीट जिते- राजेन्द्र पाण्डे

२७ पुष २०७९, बुधबार ०९:४०

पुस २७, काठमाडौँ । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले देशको लागि केही नगरेकाहरुले घण्टी बजाएको भरमा २० सीट जितेको टिप्पणी गरेका छन् ।

नेकपा एस निकट अनेरास्ववियूले सो पार्टीबाट निर्वाचित सांसदहरुको सम्मानमा बुधबार आयोजना गरेको कार्यक्रममा सांसद पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीको सफलतामा संगठन र देशको पक्षमा कुनै योगदान नरहेको बताए ।


पाण्डेले भने, ‘तपाईंहरुले देखिरहनुभएको छ, आज संगठनको नाममा केही नभएकाहरु केबल घण्टी बजाएको भरले २० सीट जितेर संसदमा पुगेका छन् । हिजो कहीं आन्दोलन गरेका थिए ? कहीं देशको लागि बोलेको र गरेको छ ? छैन । तर, आज उनीहरु देशको नेतृत्व गर्न पुगेका छन् । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

पाण्डेले अब नेकपा एसको संगठन विस्तारका लागि अनेरास्ववियूले देशका सबै वडामा नेता उत्पादन गर्नुपर्ने बताए । उनले आउने स्ववियु निर्वाचनमा संगठनले जित्नेगरी योजना बनाउन निर्देशन दिए ।

संगठनका अध्यक्ष सुदेश पराजुली अध्यक्षताको कार्यक्रममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह