२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्रसँग जोडिएका सङ्घसंस्थालाई लाग्यो चुनाव

२८ पुष २०७९, बिहीबार ०४:०३

पुस २८, काठमाडौँ | नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि दौडधुप सुरू भएको छ । 

आगामी फागुन ११ गते साधारणसभासँगै चुनावी सभा तोकेको नेपाल चलचित्र प्राविधिक सङ्घमा नयाँ नेतृत्व कसले लिने भन्ने छलफलले तीव्रता पाएको छ । “प्राविधिकको समस्यालाई बुझ्ने नेतृत्व सङ्घमा आउँछ । हाम्रो संख्या बढेसँगै यसलाई व्यवस्थित र मर्यादित गर्न लागिपरेका छौँ”, प्राविधिक शङ्कर पाण्डे भन्नुहुन्छ, “संस्थालाई बलियो बनाउन सम्पूर्ण प्राविधिक एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन ।”

यस्तै नेपाल चलचित्र निर्देशक समाज फागुनको अन्तिम साता साधारणसभा र नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ । “हामी छिट्टै मिति घोषणा गर्दैछौँ”, समाजका महासचिव जनकदीप पराजुलीले भन्नुभयो, “हामीले केही योजना बनाएका छौँ । सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुनेछ ।” 

नेपाल चलचित्र कलाकार सङ्घले आगामी चैत ४ गते  नयाँ कार्यसमिति चयन गर्दैछ । सङ्घका प्रवक्ता मोहन निरौलाले सदस्यता नवीकरणसँगै अन्य तयारी भइरहेको जानकारी दिनुभयो । “नयाँसँगै पुरानो कलाकारको समस्यालाई पहिचान गरी जोड्न सक्ने नेतृत्व आउन आवश्यक छ”, उहाँले भन्नुभयो । 

नेपाल पत्रकार महासङ्घको एसोेसिएट संस्था चलचित्र पत्रकार सङ्घ नेपालको फागुन १७ गते नवौँ महाधिवेशन हुँदैछ । अध्यक्ष दिनेश सिटौलाले अहिले शाखा अधिवेशन भइरहेको जानकारी दिनुभयो । “विधागत पत्रकारितालाई काठमाडौँसँगै मोफसलमा बढाउन हामी तत्पर छौँ । हामीले शाखामार्फत विधागत पत्रकारितालाई प्रोत्साहन गरिरहेका छौँ”, उहाँले भन्नुभयो । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको निर्वाचन केही समय अगाडि मात्र सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने