पुस २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने वातावरण बनाउन आग्रह गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने वातावरण बनाउन आग्रह गर"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले मुख्यमन्त्री जम्मकट्टेललाई भने – कांग्रेसले विश्वासको मत दिने वातावरण बनाउनुस्

२८ पुष २०७९, बिहीबार ०६:५७

पुस २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने वातावरण बनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रचण्डले सबै दलले विश्वासको मत दिनसक्ने वातावरण निर्माणको लागि पहल गर्न भनेका छन्।


´संघीय सरकारमा जस्तै बागमती प्रदेश सरकारमा पनि नेपाली कांग्रेससहितका सबै दलले विश्वासको मत दिनसक्ने वातावरण निर्माणको लागि पहल गर्न भन्नुभयो´, भेटपछि जम्कट्टेलले भने। प्रधानमन्त्री प्रचण्डलाई २७० सांसदमध्ये चित्रबहादुर केसी र प्रेम सुवालबाहेक २६८ सांसदले विश्वासको मत दिएका थिए।

सत्ता समीकरण दलहरूसँग  छलफल गरेर प्रदेशमा नमूना काम गर्न प्रचण्डले निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले जनतामा नयाँ आसा जागेको भन्दै त्यसलाई पूरा गर्ने गरी काम गर्न मुख्यमन्त्री जम्कट्टेललाई निर्देशन दिए।

भेटको क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रहरी छिटो समायोजन गरिदिन आग्रह गरे। साथै संघीय निजामति ऐन तत्काल निर्माण गरेर प्रदेशमा काम गर्न सहज वातावरण निर्माणको लागि आग्रह गरे। माओवादी केन्द्रका संसदीय दलका नेता जमकट्टेल एमालेसहितका सत्ता साझेदारको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने कार्यसूची छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह