2026-09-19 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एमसीसीबाट १० हजारलाई रोजगारी’

पुस २८, काठमाडौँ | अमेरिकी राजदूत डिन थम्प्सनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको चरणमा रहेको र यसले नेपालको विकासमा महत्त्वपूर्ण सहयोग गर्ने बताएका छन् ।

काठमाडौं उत्रिएको तीन महिनापछि कूटनीतिक मामिलाका पत्रकारसँग बुधबार कुराकानी गर्दै उनले नेपालीको जीवनस्तर उकास्नका लागि अमेरिकाले सधैं काम गरिरहेको बताए ।

‘नेपालकै चाहनाअनुसार यहाँ एमसीसी परियोजना आएको हो, यसले नेपालको पूर्वाधार निर्माण गर्नुका साथै कम्तीमा १० हजार जनालाई रोजगारी दिन्छ,’ उनले भने, ‘अमेरिकाले एमसीसीबाट मात्र होइन, यूएसएआईडीमार्फत पनि नेपाललाई ५ वर्षका लागि ६५० मिलियन अमेरिकी डलर सहयोग गरेको छ । अन्य सहकार्यका कार्यक्रम पनि छन् ।’

उनले यी सम्पूर्ण कार्यक्रमले नेपालको स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन, खाद्य सुरक्षालगायत जनजीवनलाई उकास्ने बताए । उनले एमसीसीअन्तर्गतको सबस्टेसन निर्माणका लागि नुवाकोटको रातमाटेमा र सडक निर्माणका क्रममा दाङमा भइरहेका केही समस्याप्रति आफू अवगत रहेको सुनाए ।

राजदूत थम्प्सनले नेपालको नयाँ सरकारसँग काम गर्न अमेरिका इच्छुक रहेको बताए । उनले भविष्यमा दुई मुलुकबीचमा उच्चस्तरीय भ्रमणका लागि पनि आफूले पहल गर्ने प्रस्ट पारे । उनले दुई मुलुकका नेताबीच कूटनीतिक प्रक्रियामा मात्र नभएर व्यक्तिगत रूपमा पनि सम्बन्ध हुनुपर्ने प्रस्ट पारे ।

नेपालले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा सहभागी नहुने निर्णय गरे पनि यसले दुई मुलुकबीचको सहकार्यमा फरक नपर्ने बताए । नेपालले आफैं उक्त कार्यक्रममा सहभागिता जनाउन चाहेको र पछि आफैंले सहभागिता नजनाउने भनेको उनको भनाइ थियो । उनले नेपालमा कुनै पनि अमेरिकी सेना नआउने प्रस्ट पारे । राजदूत थम्प्सनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको संलग्नता नहुने बताए ।

थम्प्सनले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिबारे नेपालमा अर्कै रूपमा व्याख्या भएको बताए । उनले भने, ‘त्यो भनेको इन्डो प्यासिफिक पोलिसी हो । अमेरिकाले यो क्षेत्रमा लिएको नीति हो ।’ उनले तिब्बती शरणार्थीको मामिला संवेदनशील रहेको उल्लेख गरे ।

तिब्बती शरणार्थीलाई अमेरिकाले राजनीतिक रूपमा नभएर मानवीय रूपमा सहयोग गरेको उनले दाबी गरे । तिब्बती शरणार्थीको मामिलामा नेपालले खेलेको भूमिकाको पनि उनले प्रशंसा गरे । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह