२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुष्पा २ बाट रश्मिका रिप्लेस हुन लागेकी हुन् त ?

२०७९, २९ पुष शुक्रबार ०८:२५

पुस २९, काठमाडौँ । विगतमा पुष्पा २ बाट रश्मिका मन्डानालाई रिप्लेस गरेको खबर बाहिर आएको थियो । रश्मिकालाई फिल्मको दोस्रो भागबाट हटाइएको समाचार व्यापक फैलिएको थियो । उनले रिलेप्सको अफवाह फैलाइएको भनेर प्रतिक्रिया दिएकी छन् ।

गाल्टा प्लसलाई दिएको एक अन्तर्वार्तामा रश्मिकाले भनेकी छन्, ‘फिल्मबाट मलाई रिप्लेस गरेका धेरै समाचार आइरहेका छन् । तर, त्यस्तो होइन । फिल्मको छायाँकन सुरु गर्न पाउँदा म निकै उत्साहित छु । अर्को महिनादेखि फिल्मको छायांकन सुरु गर्छु भन्ने लागेको छ । यो फिल्म पहिलो भागभन्दा ठूलो र राम्रो हुनेछ। फिल्मको दोस्रो हाफ निकै रोचक रहेको सुनेको छु ।’


रश्मिकाले ‘पुष्पाः द राइज’ मा श्रीवल्लीको भूमिकामा न्याय गरेकी थिइन् । फिल्ममा अल्लु अर्जुनसँगको उनको केमेस्ट्री निकै रुचाइएको थियो । हालसालै आएका खबरअनुसार निर्माताहरूले साई पल्लवीलाई दोस्रो भागको लागि सम्पर्क गरेका थिए । तर, अहिले रश्मिकाले यी खबरलाई पूर्णविराम लगाएकी छन् ।

पुष्पा २ मा रामचरणको इन्ट्री

मिडिया रिपोर्टका अनु्सार फिल्मका निर्देशक सुकुमार रामचरणलाई पुष्पा २ मा कास्ट गर्न चाहन्छन् । यी दुईले यसअघि रंगस्थलममा सँगै काम गरेका थिए, जुन बक्स अफिसमा ब्लकबस्टर सावित भयो । तर, अहिलेसम्म निर्माताले रामचरणको क्यामियोको बारेमा कुनै आधिकारिक घोषणा गरेका छैनन् ।

दोस्रो भागको बढ्यो बजेट

निर्माताले १९४ करोडको बजेटमा पहिलो भाग बनाएका थिए । जबकि दोस्रो भागका लागि निर्माताले ४५० करोडभन्दा बढी लगानी गरिरहेका छन् । मैत्री फिल्म मेकर्सले पनि यसपटक हिन्दी डबिङ राइट्स लिएको छ ।

‘पुष्पाः द राइज’ बक्स अफिसमा ब्लकबस्टर

पुष्पा फिल्म गत वर्ष डिसेम्बर १७ मा रिलिज भएको थियो । यसमा अल्लु अर्जुन ‘पुष्पराज’ र रश्मिका मन्दाना ‘श्रीवल्ली’को भूमिकामा देखिएका थिए । यो फिल्मलाई फ्यानहरुले निकै रुचाएका छन् । यो फिल्म मूल रूपमा तेलुगुमा छायांकन गरिएको थियो र पछि हिन्दीलगायत अन्य भाषाहरूमा डब गरिएको थियो ।

पुष्पा १ को विश्वव्यापी कलेक्सन ३५० करोडभन्दा बढी थियो । यही कारण पार्ट २ को लागि निर्माताहरु निकै उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति