2026-07-24 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड नेतृत्वको सरकारमा लोसपामा पनि सहभागी हुने

पुस २९, काठमाडौं | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ । यस विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी समेत गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको लोसपाले सरकारमा सहभागी हुनका लागि दुई वटा मन्त्रालय माग गरेको छ । तर लोसपालाई एउटा मन्त्रालय दिने सत्ता गठबन्धनको तयारी छ ।

लोसपाका एक नेताले भने, ‘प्रधानमन्त्री प्रचण्डले नै अध्यक्षज्यू (महन्थ ठाकुर)लाई फोन गरेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ, सरकारमा जाने विषयमा अध्यक्षज्यू सकारात्मक हुनुहुन्छ ।’ सरकारमा जानुअघि लोसपाले सरकारसँग केही विषयमा सम्झौता गर्न चाहेको छ । त्यसमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओली पनि तयार रहेको ती नेताको भनाइ छ ।

गठबन्धनमा मन्त्रालयको बारेमा टुङ्गो लागेपछि लोसपासँग सरकारले कुराकानी गर्ने बताइएको छ । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरु सरकारमा जान तयार रहेको तर त्यसका लागि सरकार पनि तयार हुनुपर्ने बताए । ‘सरकारलाई समर्थन गरिसकेपछि सत्ता पक्ष नै भयौं तर सरकारमै जाने गरी उताबाट पनि सकारात्मक प्रतिक्रिया आउनुपर्छ,’ उनले भने, ‘हामी सरकारमा त्यत्तिकै सहभागी हुँदैनौं, हाम्रा पनि माग र मुद्दा छन् । त्यसको बारेमा सरकारले के गर्छ, त्यो कुराको पनि टुङ्गो लगाउनुपर्छ ।’

सरकारलाई विश्वासको मत दिने बेला पनि केही विषयमा कुराकानी भएको थियो । लोसपाले उठाउँदै आएका केही विषय न्यूनतम साझा कार्यक्रममा समावेश गरे पनि केही विषय सम्बोधन हुन बाँकी छन् । ती विषयमा कुरा मिलेपछि सरकारमा जाने लोसपाको तयारी छ ।

लोसपा मधेस प्रदेश सरकारमा पनि सहभागी हुने बताइएको छ । केन्द्रमा सहभागी हुने भएपछि मधेस सरकारको बारेमा पनि छलफल गरेर टुङ्ग्याउने भण्डारीले बताए । ‘केन्द्रमा सहभागी भइसकेपछि प्रदेशमा सहभागी नहुने भन्ने कुरा हुँदैन, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशमा पनि लोसपा सरकारमा सहभागी हुनेछ,’ उनले भने, ‘तर ती सबै विषय गठबन्धनसँग प्याकेजमै टुुङ्गो लगाउने तयारी रहेको बुझिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक