२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनी सेनालाई गोली नहान्ने रूसी सैनिकलाई मृत्युदण्ड

२०७९, २९ पुष शुक्रबार ११:१४

पुस २९, काठमाडौं | युक्रेनमा रूसको आक्रमण ३२२ औँ दिनमा पनि जारी छ। रूसमा युक्रेनी सेनालाई गोली हान्न अस्वीकार गर्ने कैदीबन्दीलाई फाँसी दिइएको समाचार बाहिरिएको छ।

द डेली बिस्टको रिपोर्टका अनुसार केही कैदीले युक्रेनी सेनाविरुद्ध रूसले समर्थन गरेको वाग्नर ग्रुपसँग लड्न मोर्चालाई पठाइएको बताएका छन्।

तीमध्ये केहीले युक्रेनी सैनिकमाथि आक्रमण गर्न अस्वीकार गरेका छन्। त्यसपछि उनीहरूलाई पक्राउ गरी निर्जन क्षेत्रमा लगिएको थियो र नरफर्मानीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।


रिपोर्टका अनुसार वाग्नरद्वारा भर्ती गरिएका पूर्व कैदी येवगेनी नोभिकोभले भने, 'जसले आदेशको पालना गर्दैनन्, उनीहरूलाई यस्तै तरिकाले मृत्युदण्ड दिइन्छ।'

नोभिकोभले रूसले सेनाका आदेश पालन गर्न अस्वीकार गर्ने सैनिकहरूसँग व्यवहार गर्न छुट्टै स्क्वाड्रन स्थापना गरेको  बताए।

रिपोर्टमा अर्का कैदी अलेक्जेन्डर ड्रोज्डोभले भने कि वाग्नरद्वारा युक्रेनमा फ्रन्टलाइनमा पठाइएका धेरै रूसी कैदीहरू लागूऔषध दुर्व्यसनी र पागल अवस्थामा छन्। 'उनीहरूले आदेश पालना गर्न मानेनन्। उनीहरूको व्यवहारले काम बिग्रन्छ', उनले भने।

पुटिनले युक्रेनको आक्रमणका लागि मात्र कमाण्डर परिवर्तन गरेका छन्। रूसी रक्षामन्त्री सेर्गेई शोइगुले युक्रेनमा भएको अभियानका लागि प्रमुख जनरल स्टाफ भ्यालेरी गेरासिमोभलाई नयाँ कमान्डरको रूपमा नियुक्त गरेका छन्।

भ्यालेरी रूसी सेनाको सबैभन्दा ठूलो अफिसर जनरल हुन्। उनी जनरल स्टाफ प्रमुख हुन्। उनी सन् २०१२ देखि यो पदमा छन्। उनले सेर्गेई सुरोभिकिनको स्थान लिनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन