2026-09-19 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

मन्दिरमा बलि दिन भन्दै सल्यानमा मामाले गरे ८ वर्षीय भाञ्जाको घाँटी काटेर हत्या !

माघ २, सल्यान | देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकाङ्क्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । तर मानव बली! अहिले मानव बली सुन्दा पनि भयानक लाग्छ। यो त केही सय वर्षपहिले हुन्थ्यो। 

तर सल्यानमा यस्तै भयानक घटना भएको छ। यहाँ एक जना मामाले आफ्नै सहोदर भान्जाको बली दिएका छन्। मन्दिरभित्र भान्जाको घाँटी काटेर टाउको छिनाई रगत चढाएको पाइएको छ।

खुर्पाले रेटेर हत्या गरिएको पुजनको टाउको र शरीर लगभग छुट्टिएको छ । छालाको भागले टाउको अड्याएको अवस्थामा शव भेटिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए । स्थानीयले देउता आएको भनेर डम्बर काम्ने गरेको र मन्दिरमा भाञ्जाको बली दिएको प्रहरीलाई बताएका छन् । 

घटना भएलगत्तै पुरीका अन्दाजी सात वर्षीय छोराले थाहा पाएको र उनले नै स्थानीयलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए। 

‘भान्जालाई काटिसकेपछि मन्दिरभित्रै शव गाड्दै गर्दा उसकै छोराले देखेछन्। छोराले गाउँलेलाई खबर गरेपछि नियन्त्रणमा लिएर हामीलाई खबर गरिएको हो’ श्रेष्ठले भने । 

घटनालगत्तै स्थानीयले पुरीलाई बाँधेर प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो। 

प्रारम्भिक बयानमा पुरीले आफूलाई देउता लागेको र देउताको मनोकामना पूरा गर्न बली दिएको बताएका छन्। करिब दुई वर्षदेखि आफ्नो शरीरमा देउता चढेको भन्दै उनी काम्दै आएका थिए। गाउँलेले भने मानसिक सन्तुलन ठीक नभएको बताएको श्रेष्ठले जानकारी दिए। 

शरीरमा देउता काम्न थालेको भन्न थालेदेखि पुरी आफ्नो सानो छोराको साथमा परिवारदेखि अलग भएर बस्दै आएका थिए। आइतबार राति मात्र उनलाई जिल्लामा पुर्‍याइएकाले अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई