2026-09-19 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के जहाज थोत्रा हुन्छन् ? विज्ञहरु भन्छन्- जहाज पुरानो हुँदैन, पाटपुर्जाको आयु सकिन्छ

माघ २, काठमाडौँ | आइतबार पोखराको सेती खोंचमा यती एयरलाइन्सको नाइनएन-एएनसी जहाज दुर्घटना भयो । यो दुर्घटनामा आन्तरिक उडानको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै मानवीय क्षति पनि भयो । योसँगै नेपालमा थोत्रा जहाज चलाउन दिएर आम मानिसको जीवनसँग खेलवाड गरेको आरोपप्रत्यारोप फेरि चल्न थालेको छ ।

सडकदेखि संसदसम्म वेला वेलामा थोत्रा जहाजको आलोचना हुँदै आएको छ । पुराना जहाज नेपाल भित्र्याएर त्यसलाई डेन्टिङ पेन्टिङ गरेर चलाएको भन्दै अहिले पनि आलोचना भइरहेको छ ।

त्यसो भए जहाज साँच्चै पुरानो हुन्छ त ?

विज्ञहरु भने जहाज कहिल्यै पुरानो नहुने बताउँछन् । हवाईविज्ञ राजकुमार क्षेत्री जहाज दर्ताको हिसाबले पुरानो भए पनि वास्तवमा जहाज पुरानो नहुने बताउँछन् ।

सन् १९९० मा दर्ता भएको जहाजमा अमेरिकी राष्ट्रपति नै चढिरहेको बताउँदै क्षेत्री भन्छन्, ‘जहाज दर्ताको समय बढी भए पनि जहाजमा हुने कम्पोनेन्ट तथा मेसिनरीको भने वेला-वेलामा मर्मतसम्भार गर्नुपर्छ ।’

जहाजमा चाहिने कम्पोनेन्ट तथा मेसिनरीहरु समयको आधारमा (कुनै घण्टाको आधारमा, कुनै वर्षको आधारमा) परिवर्तन गरिरहनुपर्ने उनको तर्क छ । समयमा फेरिएको छ कि छैन भन्ने विषयको अनुगमन नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स आफैंले कडाइका साथ गर्नुपर्ने क्षेत्रीको भनाइ छ ।

मेसिनरी पाटपुर्जाको आयुको आधारमा जस्तो २०० घण्टा छ भने सो अवधिमा परिवर्तन गरेकै हुनुपर्ने अथवा २ वर्षको छ भने सो अवधिमा परिवर्तन गरेकै हुनुपर्ने विज्ञहरु बताउँछन् ।

नेपालमा हवाई दुर्घटनाको मुख्य जिम्मेवार पाइलटलाई बनाइँदै आएको छ । ‘नागरिक उड्डयन प्राधिकरणले सेवा प्रदायक र नियामक गरी दुई क्षेत्रमा विभाजन गरेर काम गर्नुपर्छ । यदि अहिले सकिन्न भनेपनि दक्ष जनशक्ति उत्पादन गर्ने, जहाजको जाँच कडाइका साथ गर्ने, मर्मतसम्भार समयमा भएको छ कि छैन हेर्ने जस्ता काम भने गर्नुपर्छ’, क्षेत्रीले भने ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि जहाज पुरानो नहुने तर त्यसमा जडान भएका उपकरणहरु यति घण्टा चल्ने भनेर आयु तोकिएको हुने बताए । उनका अनुसार नेपालमा २० वर्षभन्दा पुरानो दर्ता भएको जहाज ल्याउन पाइँदैन ।

‘प्रेसराइज २० वर्ष र नन-प्रेसराइज १५ वर्षभन्दा पुरानो दर्ता जहाज नेपाल भित्र्याउन पाइँदैन’, उनले भने ।

यसअघि पर्यटनमन्त्री भएका वेला प्रेम आलेले पनि जहाजको विषयमा संसदमा आवाज उठाएका थिए । संसदमा बोल्दै मन्त्री आलेले प्रेसराइज जहाज १० वर्ष र नन-प्रेसराइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी व्यवस्था गर्न पनि माग गरेका थिए । तर, सो विषयको सम्बोधन हुन सकेन ।

पोखरामा दुर्घटना भएको विमान दर्ता भएको १५ वर्ष भयो : प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले आइतबार पोखराको सेती खोंचमा दुर्घटना भएको यती एयरलाइन्सको नाइनएन- एएनसी जहाज निर्माण भएको १५ वर्षमात्र भएको बताएको छ । प्राधिकरणका प्रवक्ता निरौलाले जहाज निर्माण भएको १५ वर्ष र नेपाल भित्रिएको साढे तीन वर्ष भएको बताए ।

प्राधिकरणका अनुसार नेपालमा हाल ५१ वटा आन्तरिक जहाज छन् । यो संख्या निजी र सरकारी क्षेत्रसँग भएका जहाजको हो ।

जहाजहरु युरोप, अमेरिका, जापानलगायतका देशबाट ल्याइँदै आएको छ । प्राधिकरणका अनुसार हाल नेपालमा ९ वटा एयरलाइन्स छन् । ११ वटा हेलिकप्टर कम्पनी छन् । यस्तै ३३ वटा विमानस्थत सञ्चालनमा रहेको प्राधिकरणको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह