माघ ३, काठमाडौं | सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलेसँगै दलहरु मन्त्री छानेटको लागि आन्तरिक तयारीमा जुटेका छन् । यस्तैमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्रीहरुको टुंगो लगाउने तयारी गरेको छ ।
संसदीय दलको बैठकले मन्त्री छान्ने अधिकार पार्टी सभापति लामिछानेलाई दिएपछि उनि अन्तिम टुंगोमा पुग्ने तयारीमा रहेको श्रोतले बताएको छ । श्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी गरिएको छ ।
शिक्षामा विवाद नरहे पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा विराजभक्त श्रेष्ठले पनि दाबी गरेका छन् । यस पार्टीले एक जनालाई राज्यमन्त्री बनाउन पाउनेछ । राज्यमन्त्रीमा तोसिमा कार्की वा सोविता गौतम मध्य एक जना हुने श्रोतको भनाइ रहेको छ ।