११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैसा अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न चाहन्छौं– डा. तोसिमा

३ माघ २०७९, मंगलवार ०९:३३

माघ ३, काठमाडौँ | नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसा अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने बताएकी छिन् । 

संविधानले परिकल्पना गरेको मौलिक हकलाई वास्तविक रूपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता उनले जनाइन् । 


रामशाहपथस्थित मन्त्रालयमा मंगलवार कार्यभार सम्हाल्दै राज्यमन्त्री कार्कीले सरकारी अस्पतालको न्यूनतम् सेवा मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउने बताएकी हुन् । 

‘हामीले भर्खरै देश, जनता र ईश्वरको नाममा शपथ खाएर आएका छौं । पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई निवारण गर्न चाहन्छौं,’ उनले भनिन् । 

मन्त्री कार्कीले आज दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छिन् । ‘आँखा उपचार सेवालाई विकेन्द्रीकरण गर्ने पहिलो निर्णय गरेका छौं,’ कार्कीले भनिन्, ‘दोस्रोमा न्यूनतम् सेवा मापदण्ड आधारभूत स्वाथ्य चौकी, जिल्ला र क्षेत्रीय अस्पतालमा हुनुपर्ने मापदण्ड के हुन्, त्यो सेट गरेर कार्यान्वयन गर्ने (भन्ने छ) ।’ 

एमालेका पदम गिरीले सम्हालेको स्वास्थ्य मन्त्रालयमा पेशाले चिकित्सक रहेकी कार्की राज्यमन्त्री बनेकी हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह