११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

३ माघ २०७९, मंगलवार १२:११

माघ ३, काठमाडौँ | बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कूल एक सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा उहाँले एक सय पाँच मत प्राप्त गर्नुभएको छ । विश्वासको मतको पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो । 


आज अपराह्न बसेको प्रदेशसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन सदस्यले विपक्षमा मतदान गर्नुभएको थियो । मतदानमा एक सय नौ सदस्यले भाग लिनुभएको थियो । नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत प्रदान गर्ने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले बताउनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी छ दलका सदस्यले मत दिनुभएको थियो । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह