११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुन्डी कारोबारको आरोपमा साढे २२ लाख रुपैयाँसहित दुई पक्राउ

४ माघ २०७९, बुधबार ०८:४७

माघ ४, काठमाडौँ | प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा थप २ जनालाई २२ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३४ वर्षीय विकास साह र वीरगन्ज–१८ इनरुवा मनियारीका १९ वर्षीय सुवास कुमार साह छन् । उनीहरुलाई प्रहरीले मंगलबार दिउँसो साढे २ बजे वीरगन्ज–८ घण्टाघर क्षेत्रबाट पक्राउ गरेको हो । 


अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले भारतीय नम्वर बीआर ०५ एई ९३४३ को स्कुटरमा दुई जना व्यक्तिरू शंकास्पद ठानेपछि स्कुटर रोकी चेक गर्ने क्रममा पछाडि बसेका सुवास कुमार साहले बोकेको झोलाबाट उक्त परिमाणमा नगद बरामद भएको हो । उनीहरुले बरामद नगदको स्रोत खुलाउन नसकेको हुँदा नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

प्रहरीले पुस १८ गते वीरगन्ज महानगरपालिका वडा नं १७ का १९ वर्षीय राजन कुमार साहलाई वीरगन्ज–२५ सिर्सियाबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । चालु आवमा प्रहरीले ७ जनालाई हुन्डी कारोबार गरेको आरोपमा पक्राउ गरिसकेको छ । ती मध्ये १ भारतीय नागरिक हुन् । पक्राउ परेकाहरुबाट ९५ लाख ९८ हजार ३ सय रुपैयाँ बरामद भएको छ ।

गत आर्थिक वर्षभर प्रहरीले २२ जनालाई हुन्डी कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो । ती मध्ये १० नेपाली र १२ भारतीय नागरिक थिए । उनीहरुको साथबाट १ करोड ६५ लाख १३ हजार ६ सय २० रुपैयाँ बरामद भएको थियो । यस्ता कारोबारीहरुले विभिन्न माध्यमबाट भारत पुगेको नेपाली रुपैयाँ बोकेर ल्याउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह