२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री मिनिषा लाम्बाले साजिदमाथि आरोप लगाउँदै भनिन्, ‘ऊ जनावर हो, कुरा नगरेकै राम्रो’

५ माघ २०७९, बिहीबार १०:०३

माघ ५, काठमाडौँ | एजेन्सी | मि टू अभियान अन्तर्गत बलिउड फिल्म निर्देशक साजिद खानमाथि इन्डष्ट्रिसँग सम्बन्धित थुप्रै महिलाले गम्भीर आरोप लगाएका छन् । जब साजिद बिग बोस १६ मा प्रतियोगीका रूपमा पुगे, धेरै महिलाहरू अगाडि आएर शोमा उनको उपस्थितिको विरोध गरे । यसैबिच अब बचना ए हसिनोकी अभिनेत्री मिनिषा लाम्बाले साजिद खानलाई जनावर भनेकी छिन् । वास्तवमा मिनिषा एक अन्तरवार्तामा पुगेकी थिइन् जहाँ उनले मीटू अभियानबारे कुराकानी गरेकी छिन् । यति बेला मिनिषाले भनिन्, ‘साजिद खान एक जनावर हुन्, उनीबारे जति कम कुरा गरे त्यति राम्रो ।’


मिनिषाले मि टू अभियानको तारिफ गरिन्

मि टू अभियानको तारिफ गर्दै मिनिषाले भनिन्, ‘महिलाका लागि सुरु भएको मि टू अभियान असाध्यै धेरै आवश्यक थियो । यसका कारण अब निर्माताहरूको कुरा गर्ने तरिका फेरिएको छ । यो एउटा क्रान्तिजस्तै थियो । आन्दोलन सुरु हुँदा ठुला कलाकारको नाम सार्वजनिक भए । यसले देश विदेशमा चर्चा बटुल्यो ।

साजिद आफैँले सोबाट बाहिरिने निर्णय गरे

साजिद खानले बिग बोस १६ बाट आफैँ बाहिरिने निर्णय गरे । सो बाट बाहिरिने क्रममा साजिदले रुँदै भने, ‘यदि मेरो कसैसँग झगडा भएको छ भने हात जोडेर माफी माग्छु । तपाईँहरूले धेरै सहयोग गर्नुभएको छ ।’

साजिद सो बाट निस्केको लामो समय पछि चलचित्रमा फर्कँदै छन् । उनी निर्देशकको रूपमा फिल्म १००% मार्फत् कमब्याक गर्नेछन् । यसमा रितेश देशमुख, नोरा फतेही, जोन अब्राहम र शहनाज गिलको मुख्य भूमिका रहनेछ ।

मिनिषाले करियर बारे कुरा गरिन्

अन्तर्वार्तामा मिनिषाले आफ्नो करियरको बारेमा कुरा गरेकी छिन् । उनले आफू सधैँ पत्रकार बन्न चाहेको बताइन् । तर फिल्ममा काम पाउन थालेपछि उनले करियर फेरिन् । मिनिषा भन्छिन्, ‘मसँग त्यति बेला कुनै गाइडेन्स थिएन । त्यसैले मैले सबै कुरा आफैँले गरेँ । अब म सोच्छु कि एक पटक पुनः सबै कुरा सुरु हुनुपर्दथ्यो । त्यसो भयो भने म करियरलाई थप उत्कृष्ट बनाउँथे । ’

स्मरण रहोस्, मिनिषा निकै लामो समयदेखि फिल्मबाट टाढा छिन् । यद्यपि, उनी सोसल मिडियामा निकै सक्रिय रहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने