असोज ३, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरसीले आज संविधान दिवसको दिन कालो दिन मनाउदै छ । 

मोर्चाको घोषित विरोध कार्यक्रम अनुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरसीले आज संविधान दिवसको दिन कालो दिन मनाउदै छ । 

मोर्चाको घोषित विरोध कार्यक्रम अनुस"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको दिन मधेशीका लागि कालो दिन: मोर्चा

३ आश्विन २०७३, सोमबार ०५:२४


असोज ३, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरसीले आज संविधान दिवसको दिन कालो दिन मनाउदै छ । 

मोर्चाको घोषित विरोध कार्यक्रम अनुसार आज विहान ७ बजे जिल्लाको सदरमुकाम परासीको बुद्धचोकमा टायर बाल्दै विभिन्न ठाउँमा कालो झण्डा बाँध्ने र नाराबाजी सहित विरोध प्रदर्सन गरिएको छ ।  

यता सरकारी निकायहरुले संविधान दिवसको अवसरमा विहान प्रभात फेरि र्याली निकाले संगै मोर्चाले पनि आफनो विरोधको कार्यक्रम पनि अगाडी सारेको हो । संविधान नेपाली जनताको हकमा मात्र सिमित रही मधेशी जनताको हक–अधिकारलाई सुनिश्चित नगरेको संघिय मधेशी फोरम नेपालका अध्यक्ष धरेन्द्र यादवले आरोप लगाए । 

यादवका अनुसार मधेशी जनताको, स्वायत्त मधेश प्रदेश, संघियता, सिमांकन, समावेशी समानुपातिक, नागरिकता लगायतका जायज मागहरु संविधानमा सम्बोधन नगरिएको हुँदा हामी मधेशी जनतालाई यो मान्य नभएकाले कालो दिनको रुपमा मनाउन लागेको बताए ।


संविधान घोषणा भएदेखि नै आन्दोलनमा उत्रिएको मोर्चाले विभिन्न धनज्यानको क्षति समेत व्यहोर्दै आएको छ । संविधान संशोधान र विभिन्न सहमतिको नाममा झुक्याउदै आएको सरकारले अझैपनि संविधानमा मधेशी जनताहरुको हक–अधिकार सुनिश्चित नगरेको मोर्चाका संयोजक मुकुर गिरीले आरोप  लगाए । 

मोर्चाले आज कालो दिनमा विहान टायर बाल्ने, कालो झण्डा बाध्ने र नाराबाजी सहित विरोध प्रदर्शन गरेको छ भने दिउसा १२ बजे ठुलो विरोध र्याली निकाली कोषण सभा गर्ने र साँझ ७ बजेदेखि ८ बजेसम्म मोर्चाले ब्लोआउट (बत्ती निभाउने) कार्यक्रम गर्ने जनाएको छ । यसै कार्यक्रम अन्तर्गत भोलि महेशपुर सिमामा यस आन्दोलनमा शहिद भएका व्यक्तिहरुको प्रति हार्दिक श्रद्धान्जली सभा समेत आयोजना गर्ने बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ