२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरुख को हुन् भनेर प्रश्न सोध्ने आसामका मुख्यमन्त्रीलाई खानले बिहानै २ बजे फोन गरेर के भने ?

८ माघ २०७९, आईतवार ०८:३४

माघ ८, काठमाडौँ | आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बलिउड अभिनेता शाहरुख खानले फिल्म ‘पठान’को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका छन् ।

उनले ट्वीटरमा बलिउडका किङ खान भनिने शाहरुखले आफूलाई राती दुई बजे फोन गरेको जानकारी दिए ।

हिमन्त विश्व शर्माले ट्वीटरमा लेखेका छन्, ‘बलिउड अभिनेता श्री शाहरुख खानले मलाई फोन गरे र आज बिहान २ बजे हामीबीच कुराकानी भयो । उनले गुवाहाटीमा फिल्मको स्क्रिनिङका क्रममा भएको घटनाप्रति चिन्ता व्यक्त गरे । मैले उनलाई आश्वासन दिएको छु । शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी राज्य सरकारको हो, हामी त्यसलाई हेरेर यस्तो अप्रिय घटना नदोहोरियोस् भनेर सुनिश्चित गर्नेछौँ ।’


शनिबार गुवाहाटीमा पत्रकारहरूले बजरंग दलका कार्यकर्ताहरूले फिल्मको बिरूद्ध हिंसात्मक प्रदर्शन गरेको बारे मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई सोध्दा उनले भने, ‘शाहरुख खान को हुन् ? मलाई उनको बारे न नै उनको फिल्म पठान बारे केही थाहा छ ।’



शुक्रबार गुवाहाटीमा बजरंग दलका कार्यकर्ताले फिल्म ‘पठान’को विरोधमा चलचित्र प्रदर्शन हुन लागेको नारंगी थिएटरमा तोडफोड गरेका थिए । कार्यकर्ताले फिल्मको पोस्टर च्यातेर जलाएका थिए ।

मुख्यमन्त्री हिमन्त विश्व शर्माले भनेका थिए, ‘खानले मलाई फोन गरेका छैनन् । यद्यपि, बलिउडका धेरै मानिसले समस्याको सम्बन्धमा यस्तो गर्छन् । यदि उनी (शाहरुख खान)ले फोन गर्छन् भने म यो घटनालाई हेर्नेछु । यदि कानुन र व्यवस्थाको उल्लंघन गरिएको छ भने मुद्दा दर्ता गरेर कारवाही गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने