२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द

२०७३, ३ आश्विन सोमबार ०७:०५

असोज ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिनका लागि आजदेखि तय भएको संयुक्त राज्य अमेरिकाको भ्रमण रद्द भएको छ । 

मधेसी, थारु, जनजातिका प्रतिनिधिलगायत आन्दोलनरत दलले अहिले विदेश भ्रमण गर्नुभन्दा उनीहरुका समस्या सम्बोधनमा ध्यान दिनुपर्छ भन्ने आवाज उठेकाले भ्रमण रद्द भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । 

“विदेश भ्रमण होइन, संविधान कार्यान्वयन र पुनःनिर्माणका काममा प्रधानमन्त्री लाग्नुपर्छ भन्ने जनआवाज आएको सन्दर्भलाई विचार गरेर देशभित्रकै समस्या समाधानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले महासभामा प्रधानमन्त्री दाहालले भाग लिन जाने कार्यक्रम रद्द गरिएको छ”-सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसअघि प्रधानमन्त्री दाहालले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम् द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो । महासभामा सहभागी हुन परराष्ट्रमन्त्री डा महत हिजो आइतबार नै न्युयोर्क प्रस्थान  गरिसकेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ