२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अवतार २’ बन्यो विश्व फिल्मको इतिहासमा सर्वाधिक कमाउने छैटौं फिल्म, कति कमायो अहिलेसम्म?

९ माघ २०७९, सोमबार ०७:११

माघ ९, काठमाडौँ | जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले विश्व बक्स अफिसमा प्रदर्शनको ६ सातामै दुई बिलियन डलरको आँकडा पार गरेको छ । यो कमाइसँगै ‘अवतार २’ सर्वाधिक कमाउने कोरोना महामारीपछि पहिलो र विश्व फिल्मको इतिहासमा छैटौं फिल्म बनेको छ ।


सन् २००९ मा रिलिज भएको ‘अवतार’ को पहिलो श्रृंखलाको धेरै कीर्तिमानलाई अहिलेसम्म कसैले उछिन्न सकेको छैन । अवतार, एभेन्जर्स : एण्डगेम, टाइटानिक, स्टारवार्स : द फोर्स अवेकन्स र एभेन्जर्स : इन्फिनिटी वार सर्वाधिक कमाउने पाँच फिल्म हुन् । दुई बिलियन डलर क्लबमा प्रवेश गर्नेमा निर्देशक क्यामरुनका मात्रै तीन फिल्म छन् ।

पुस १ गते रिलिज भएको अवतार २ ले नेपाली बक्स अफिसमा पाँच सातासम्म साढे ९ करोड रुपैयाँ ग्रस कमाएको छ । यो कमाइसँगै अवतार २ नेपाली बक्स अफिसमा सर्वाधिक कमाउने हलिउड फिल्म समेत बनेको छ ।

‘अवतार’ श्रृंखलामा नेटिरी चरित्रमा अभिनय गरेकी जोय साल्दानाका मात्र चार फिल्म दुई बिलियन डलर क्लबमा प्रवेश गरेका छन् । रिलिजअघि नै निर्देशक क्यामरुनले लगानी उठाउन पनि फिल्मले दुई बिलियन डलर कमाउनैपर्ने बताएका थिए । तर विश्लेषकहरुका अनुसार १.५ बिलियन डलर कमाइबाट फिल्मले लगानी उठाइसकेको छ । 

आगामी दिनमा अवतार २ ले चौथो र पाँचौ स्थानमा रहेका दुई ठूला फिल्महरु ‘स्टार वार्स : द फोर्स अवेकन्स (२.०७ बिलियन डलर) र एभेन्जर्स : इन्फिनिटी वार (२.०४ बिलियन डलर)को कमाइलाई उछिन्ने प्रक्षेपण गरिएको छ । १३ वर्षअघि रिलिज भएको ‘अवतार’ले २.९ बिलियन डलर कमाएको छ । दोस्रो स्थानमा रहेको एभेन्जर्स : एण्डगेमले २.७९ बिलियन डलर र टाइटानिकले २.१९ बिलियन डलर कमाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने